पुनर्निर्माण अपडेट

पुनर्निर्माणसम्पन्न रानीपोखरीको उद्घाटन

प्रकाशित मिति: २०७७-७-५

पुनर्निर्माणसम्पन्न रानीपोखरीको उद्घाटनकाठमाडौं,कात्तिक ५सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणसम्पन्न ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । मल्लकालीन शैलीमा पुनर्निर्मितरानीपोखरी परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा राष्ट्रपति भण्डारीले ताम्रपत्रअनावरण गर्नुभयो । त्यसक्रममा, राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमाप्राण प्रतिष्ठा पूजाको आरती लिनुभयो र पोखरीमा जल अर्पण पनि गर्नुभयो ।सो अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल एवं अन्यमन्त्रीहरुले पनि विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल अर्पण गर्नुभएको थियो।उद्घाटनपछि शुभकामना मन्तव्य दिनुहुँदै राष्ट्रपतिभण्डारीले विभिन्न समस्या र परिस्थितिसँग पौठेजोरी खेल्दै पुनर्निर्माण महाअभियानले निरन्तरगति लिएको उल्लेख गर्नुभयो र त्यसैको परिणति आज ऐतिहासिक रानीपोखरीको पुरानैशैली, स्वरुप र प्रविधिमा जीर्णोदार एवं पुनर्निर्माण सम्पन्न भएको बताउनुभयो ।सो अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाईहालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडीराष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको वृहत्तर गुरुयोजना सरोकारवाला पक्षसँगसमन्वय गरी कार्यान्वयनमा लैजान शुभकामना दिनुभयो ।उहाँले भन्नुभयो, ‘पुनर्निर्माण हुँदै गरेको धरहरा रयस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुनेछ ।यसबाट साँस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशीपर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय पुनर्निर्माणप्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास, सम्पदालगायतका पुनर्निर्माणकाविभिन्न क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यही मंसिरभित्र सिंहदरबारको मख्य भागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्रीकार्यालय सार्ने लक्ष्यसहित काम गरिरहेका छौँ । यही पौष महिनाभित्र २२ तल्लासहितधरहराको मूल संरचना सम्पन्न गर्नेछौँ ।कार्यक्रममाउपस्थिति अन्य अथिति एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकापदाधिकारी एवं कर्मचारीहरुले विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल पोखरीमाअर्पण गर्नुभएको थियो । त्यसअघि बालगोपालेश्वर मन्दिरको प्राण प्रतिष्ठा र क्षमापूजा गरिएको थियो । रानीपोखरीनिर्माण कार्य उपभोक्ता समितिमार्फत् तथा बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिकोसौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गरिएको हो । यस कार्यको डिजाइन तथासुपरीवेक्षणका लागि विभिन्न विषयगत विज्ञहरुसहितका परामर्शदाता परिचालन गरिएको थियो। पुनर्निर्माणका लागि भक्तपुर नगरपालिका क्षेत्रबाट समेत कालिगढ ल्याइएको थियो । रानीपोखरीपुनर्निर्माणका सम्पूर्ण कार्यहरुको समन्वय, सहजीकरण एवं अनुगमनका निम्तिप्राधिकरणको नेतृत्वमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, सम्पदाविद्हरु समेतरहेको समन्वय तथा अनुगमन समिति गठन गरि परिचालन गरिएको थियो । रानीपोखरीएवं बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा करिब २८ करोड रुपैँया खर्च भएको छ ।प्राधिकरणलेरानीपोखरीको पुनर्निर्माणलाई विस्तार गरेर यसलाई रत्‍नपार्क, खुलामञ्‍च, टुँडिखेल,भृकुटीमण्डप, शहिदगेट र दशरथ रंगशालासँग एकीकृत गर्दै वृहत्तर गुरुयोजनाको खाका तयारपारेका छ जसलाई विभिन्न सरोकारवालाहरुको सुझावसहित अन्तिम चरणमा पुर्याएका छ ।  

 

रानीपोखरी टाइमलाइन

  •  १७२६ – तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लद्वारा निर्माण
  •  जंगबहादुर राणाद्वारा बेलायत भ्रमणपछि गुम्बज शैलीमा पुनर्निर्माण
  •  १९९० सालको भुइँचालोमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरद्वारा गुम्बज शैलीमै पुनर्निर्माण
  •  २०७२ बैशाख १२ – गोरखा भूकम्पबाट क्षतिग्रस्त
  •  २०७२ माघ २ – गते भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरी पुनर्निर्माणको शिलान्यास
  •  २०७४ पुस १३ – काठमाडौं महानगरको कार्यपालिका बैठकद्वारा रानीपोखरीको पुनर्निर्माणबारे सुझाव दिन पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन
  •  २०७४ माघ ७ – कार्की संयोजकत्वको समूहद्वारा बालगोपालेश्वर मन्दिरलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्नुपर्ने रायसहित प्रतिवेदन पेश ।
  •  २०७५ कार्तिक २० गते – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकद्वारा मल्लकालीन शिखर (ग्रन्थकुट) शैलीमा पुनर्निर्माण गर्ने निर्णय ।
  •  २०७५ माघ १४ – मन्त्रिपरिषद्द्वारा रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी ।
  •  २०७५ फागुन १५– रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन ।
  •  २०७५ फागुन १८ – रानीपोखरीको पिंध र पानी रहने वरिपरिको पर्खाल पुनर्निर्माणका लागि अजयरत्न स्थापितको संयोजकमा पाँच सदस्यीय उपभोक्ता समिति गठन ।
  •  २०७६ असार २४ – रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर र पुलको पुनर्निर्माण तथा सौन्दर्यकरणका लागि सीए/तुलसी कन्ट्रक्सन जेभीसँग ठेक्का सम्झौता ।
  •  २०७७ असोज १५ –बालगोपालेश्वर मन्दिरमा शीर्षमा १२३.७ केजी तामाबाट बनेको र सुनको जलप लगाइएको गजुर स्थापना ।
  •  २०७७ कात्तिक ५ – राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप