पुनर्निर्माण अपडेट

‘सम्पदा पुनर्निर्माणमा पुरानै निर्माण सामग्री र परम्परागत वास्तुशिल्प’

प्रकाशित मिति: २०७६-१०-२८

काठमाडौं, माघ २८
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदाहरुको पुनर्निर्माणका गर्दा अझ बलियो हुनेगरी पुनर्निर्माणा गरिएको र त्यसक्रममा मौलिकता, ऐतिहासिकता र वास्तुकलामा ह्रास हुन नदिइएको उल्लेख गर्नु भएको छ ।
युएईको राजधानी अबुधावीमा आयोजित वल्ड अर्वन फोरमको १० औं संश्करणमा ‘पुनर्निर्माण र उत्थानशीलतामा संस्कृति, सिर्जनात्मक उद्योग र तिनको प्रभाव’ विषयक सत्रमा छलफल गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्पदा पुनर्निर्माणमा समुदायको सहभागितालाई प्रचुर महत्व दिइएको बताउनु भयो ।
सोमबार भएको छलफल सत्रमा प्रस्तुतीकरण राख्दै उहाँले भन्नुभयो, “ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्दा पुरानै निर्माण सामग्रीको प्रयोग तथा परम्परागत वास्तुशिल्प अवलम्बन गरिएको छ ।”
विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १७० सम्पदामध्ये १०१ वटा सम्पदाको पुर्निर्माण सकिएको जानकारी दिंदै उहाँले त्यसक्रममा अमूर्त संस्कृतिको संरक्षणमा पनि पर्याप्त ध्यान दिइएको बताउनु भयो ।


 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्पदा पुनर्निर्माणमा समुदायलाई सहभागी गराइएको र १० करोड रुपैयाँसम्मको काम उपभोक्ता समिति बनाएर स्थानीयमार्फत् निर्माण गर्न सकिने प्रावधान बनाइएको उल्लेख गर्नुभयो ।
उहाँले पुनर्निर्माणको क्रममा केवल सम्पदामात्र नभएर बस्तीलाई नै सम्पदा क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रम अघि सारिएको र त्यसक्रममा काठमाडौं उपत्पकाभित्र तीनवटा बस्तीलाई नमूना परियोजनाका रुपमा अघि बढाइएको बताउनु भयो ।
“सम्पदा पुनर्निर्माणको ज्ञान र अनुभवलाई भविष्यको पुस्ताका लागि हस्तान्तरण गर्न प्राज्ञिक संस्थासँग मिलेर काम गर्नुका साथै अभिलेखीकरणमा पनि जोड दिइएको छ“, उल्लेख भन्नु भयो ।
छलफल सत्रमा विश्व बैंकको अर्वन, डिजास्टर रिस्क म्यानेजमेन्ट, रेजिलियन्स एण्ड ल्याण्ड ग्लोबल प्राक्टिसका ग्लोबल डाइरेक्टर समेह वाहवा, सोमालियाको मोगादिसु नगरपालिकाकी बरिष्ठ सल्लाहकार होडन हेली, कोलम्बियाको मेडेलिन अर्वान ग्रुपका संस्थापक सदस्य सर्जियो रोल्डान, इराकको मोसुल नगरपालिकाका उपप्रमुख साबरी अल्मुल्लाह र युन इन्भाइरोमेन्टका डेपुटी भाइस एक्ज्युकिटिभ डाइरेक्टर अलेक्जेन्टर काल्डाको पनि सहभागिता थियो ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप