पुनर्निर्माण अपडेट

प्रमुख कार्यकारी अधिकृत भूसालको बिदाई

प्रकाशित मिति: २०७५-३-२४

काठमाडौं, असार २४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको आज बिदाई गरिएको छ । असार २० गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई पदबाट मुक्त गर्ने निर्णय गरेको थियो । 

उहाँको बिदाइमा प्राधिकरणमा एक कार्यक्रम आयोजना गरियो । बिदाइ कार्यक्रममा बोल्दै उहाँले प्राधिकरणका सबै तह र तप्काका कर्मचारी वर्ग एवं सम्बन्धित निकाय, नेपालका सरकारका विभिन्न निकार्यहरु, विकास साझेदारहरु एवं संचारमाध्यमको सहयोगमा पुनर्निर्माणको क्षेत्रमा योगदान गर्न पाएको बताउनु भयो । अघिल्लो सरकारले पौने चार महिना र वर्तमान सरकारले पौने पाँच महिना काम गर्ने अवसर दिएकोमा धन्यवाद दिंदै उहाँले आगामी आर्थिक वर्षमा निजी आवासतर्फका कार्यहरु सम्पन्न गर्ने जग बसेको जानकारी दिनु भयो । 

प्रमुख कार्यकारी अधिकृत भूसाललाई प्राधिकरणका निमित्त सचिव मुकुन्द निरौलाले माला, टोपी लगाई तथा मायाको चिनो प्रदान गर्दै बिदाई गर्नु भयो । त्यस्तै, सम्पूर्ण कर्मचारी वर्गले उहाँलाई आगामी दिन सुखमय होस् भन्ने कामना गर्दै बिदाई गर्नु भयो । 

त्यसअघि, प्राधिकरण सभाहलमा आयोजित कार्यक्रममा संचारकर्मीहरुसँग आफ्नो कार्यकालमा भएका कामहरुका बारेमा चर्चा गर्दै उहाँले भूकम्प प्रभावितहरुको आँशु पुछ्न आफूले यथाशक्य प्रयास गरेको र आफ्नो कामबाट आफू सन्तुष्ट रहेको बताउनु भएको थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप