पुनर्निर्माण अपडेट

४४ कोेठे विद्यालय भवनको जग पूजा

प्रकाशित मिति: २०७७-११-१३

काठमाडौं, फागुन १२
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काठमाडौं, दक्षिणकाली–१ स्थित श्री चम्पादेवी माध्यमिक विद्यालय भवनको जग पूजा गर्नुभएको छ ।
साढे तीन तल्ले दुईवटा भवनमा २२ वटा कोठाका दरले कूल ४४ कोठा रहनेछन् । विद्यालय भवन भारत सरकारले अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिबद्धता गरेको अनुदान सहयोगअन्तर्गत पुनर्निर्माण हुन लागेको हो ।
जग पूजापछि गरेपछि मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विद्यार्थी भाइबहिनीहरुले राम्रो शिक्षा प्राप्त गर्ने अवसर निर्माण भएमा शिक्षामा गरिएको लगानीको सदुपयोग हुने धारणा राख्नुभयो ।


सो अवसरमा भारतीय राजदूतावासको प्रेस, सूचना तथा सांस्कृतिक शाखा हेर्ने प्रथम सचिव नवीन कुमारको पनि उपस्थिति थियो ।
भ्याटबाहेक ६ करोड ८५ लाख ८३ हजार ९८१ रुपैयाँमा जय हनुमान कन्ट्रक्सन कम्पनीले १५ महिनाभित्र विद्यालय भवन निर्माण सक्नेगरी ठेक्का सम्झौता गरेको छ । ठेक्कामा विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण फर्निचरसमेत समावेश छ ।  
भवनका कोठाहरुमध्ये २६ वटा कक्षाकोठाका रुपमा प्रयोग हुनेछन् भने अन्यमा प्रयोगशाला, पुस्तकालय, प्रशासन, लेखा, शिक्षक कक्ष, प्रधानध्यापक कक्ष, परीक्षा कक्षलगायत रहेनछन् । दुवै भवनमा तीन तीनवटाका दरले छात्र, छात्रा र अपांगमैत्री अलगअलग शौचालय रहनेछन् ।


विद्यालयमा हाल २९० विद्यार्थी अध्ययनरत रहेको कार्यक्रममा जानरकारी दिइयो ।
जग पूजा कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा लगायतको उपस्थिति थियो ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप