पुनर्निर्माण अपडेट

‘पुनर्निर्माणको प्रगति सन्तोषजनक’

प्रकाशित मिति: २०७६-८-१२

काठमाडौं, मंसिर १२

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिको १० औं बैठक सम्पन्न भएको छ । बैठकले पुनर्निर्माणमा प्राप्त प्रगति सन्तोषजनक रहेको बताउँदै त्यसको दीगोपनमा जोड दिनुपर्ने निश्कर्ष निकालेको छ ।
त्यसैगरी, बैठकले आगामी बर्ष आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई सक्रियतापूर्वक सहयोग गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा प्राधिकरणका उच्च अधिकारीहरु तथा समिति सदस्य रहेका विभिन्न मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो ।


 

दातृ निकाय तथा मित्रराष्ट्रका प्रतिनिधिहरुले आआफ्नो संस्थाद्वारा अगुवाई तथा सहयोग गरिएका कार्यक्रमहरुको प्रगति प्रस्तुत गरेका थिए । प्रगति विवरण राख्नेमा विश्व बैंक, एसियाली विकास बैंक, भारतीय दूतावास, युरोपेली युनियन, जाइका, युएसएड, युनडिपी, डिफिड, कोइका, नर्वेजियन राजदूतावास, एचआरआरपी छन् ।
त्यसैगरी, उद्योग बाणिज्य महासंघ, एसोसियसन अफ इन्टरनेशनल एनजीओज् इन नेपाल तथा एनजिओ फेडेरेसन नेपालका प्रतिनिधिको पनि बैठकमा सहभागिता थियो ।
प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले करिब ८६ प्रतिशत लाभग्राही पुनर्निर्माण प्रक्रियामा आएको उल्लेख गर्नु हुँदै घर निर्माण सुरु गर्न नगरकामध्ये विशुद्ध कारणले सुरु गर्न नसेकका लाभग्राहीलाई अतिरिक्त सहयोग गरिने र गर्न नचाहनेलाई सूचीबाट हटाइने जानकारी दिनुभयो ।
प्राधिकरणका सहसचिव एवं प्रवक्ता गोपालप्रसाद अर्यालले पुनर्निर्माणका प्रगति, चुनाती तथा आगामी मार्ग समेटिएको प्रस्तुति
यस समितिले विकास सहायताद्वारा सञ्चालित पुनर्निर्माण सम्बन्धी कार्यमा संलग्न भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु एवं नागरिक समाजका बीचमा आवश्यक समन्वय र सहजीकरण गर्छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप