पुनर्निर्माण अपडेट

प्राधिकरणका सिइओ पोखरेल र विकास साझेदार संस्थाका प्रतिनिधीबीच छलफल

प्रकाशित मिति: २०७४-१-१४

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल र नेपालस्थित दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधीहरु बीच शुक्रवार भेटवार्ता भएको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि पहिलो पटक दातृ निकायका प्रतिनिधीहरुसंग भएको छलफल कार्यक्रममा सिइओ पोखरेलले भुकम्पपछिको पुननिर्माणको अभियानलाई सवै मिलेर सफल पार्नुपर्नेमा जोड दिनुभयो ।

उहाले दातृ निकायले गरिरहेको सहयोगप्रति आभार व्यक्त गर्दै सरकार विकास साझेदारहरुसाग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । सिइओ पोखरेलले सरकारी संयन्त्रबाट कुनै पनि प्रक्रियागत कठिनाई उत्पन्न भए सिधै प्राधिकरणमा सम्पर्क गर्न आग्रह गर्नुभयो । उहाले भुकम्प प्रभावित जिल्ला मध्ये दुर्गम ग्रामीण भेगमा जनशक्तिको व्यवस्थापन गर्न कठिनाई भएको भन्दै ती क्षेत्रको पुर्न्निर्माणका लागि नेपाली सेनालाई परिचालन गर्नेवारे रक्षा मन्त्रालयसंग कुराकानी भइरहेको जानकारी गराउनुभएको थियो ।

पोखरेललेभुकम्प प्रभावितहरुलाई सरकारले दिने भनेको सहुलिय ऋणलाई सहज बनाउने बिषयमा राष्ट्र बैंकका गर्भनरसंग कुराकानी भइरहेको समेत दाताहरुलाई जानकारी गराउनुभयो । अहिलेसम्म १२१ घर परिवारले मात्र उक्त सहुलिय ऋण लिएको भन्दै उहाले सहज रुपमा ऋण प्रवाह गराउने बिषयमा प्रधिकरणले राष्ट्र बैंकसंग छलफल गरिरहेको बताउनुभयो । छलफल कार्यक्रमा सहभागी युएनडिपी, एडिवी, डिएफआइडी, जाइका, बिश्व बैंक, भारत, जर्मनी, आइओएम, यूरोपियन यूनियन, एसडीसि लगायत दातृ निकायका प्रतिनिधीहरुले पुननिर्माणको कामलाई प्राधिकरणले तिव्रताका साथ अघि बढाउने बिश्वास व्यक्त गरे ।

आजै रक्षा मन्त्रीको उपस्थितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत, नेपाली सेनाका पदाधिकारीहरु लगायतको सहभागितामा भएको छलफल अनुसार ओखलढुङ्गा, रामेछाप र सिन्धुली जिल्लामा निर्माणकर्मी सम्बन्धी तालिम प्रदान गर्न नेपाली सेनाका तालिम प्राप्त २०० जना जनशक्ति परिचालन गर्ने सम्बन्धमा छलफल भै सो को लागि प्राधिकरणले रक्षा मन्त्रालयमा अनुरोध पठाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको विशेष सल्लाहकारको रुपमा प्राधिकरणमै कार्यरत डा. सुमन कुमार कर्णलाई जिम्मेवारी दिइएको छ। कर्णसंग राष्ट्रिय तथा अन्तराष्टिय रुपमा विपद व्यवस्थापनको क्षेत्रमा लामो समय काम गरेको अनुभव छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप