पुनर्निर्माण अपडेट

पुनर्निर्माणका लागि ५५ अर्ब रुपैयाँ बजेट

प्रकाशित मिति: २०७७-२-१५

काठमाडौं, जेठ १५
सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि लागि ५५ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै पुनर्निर्माण आगामी आर्थिक बर्षभित्र सम्पन्न गरिने जानकारी दिनुभयो ।
बजेट वक्तव्यमा भनिएको छ, ‘निर्माणाधीन धरहरा, रानीपोखरी र सिंहदरबारको मूल भवन लगायत भूकम्पपछिको पुनर्निर्माणका काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ । निजी आवास, पुरातात्विक सम्पदा, विद्यालय भवन, स्वास्थ्य संस्था र सरकारी भवन तथा अन्य क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि रु ५५ अर्ब विनियोजन गरेको छु ।’
अर्थमन्त्री खतिवडाले विद्यालय भवन पुनर्निर्माणका बाँकी कार्य सम्पन गर्न सम्बन्धित स्थानीय तहसँगको साझेदारीमा स्थानीय आवश्यकताअनुसार डिजाइन गरी विद्यालय व्यवस्थापन समितिबाट निर्माण गरिने पनि उल्लेख गर्नुभयो छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भौतिक पूर्वाधार र निजी आवासहरुको पुनर्निर्माणका काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् भइरहेको छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप