पुनर्निर्माण अपडेट

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा पुनर्निर्माणको प्रसंशा

प्रकाशित मिति: २०७६-५-२४

काठमाडौं, भदौ २४
प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ ।
भिडियो कन्फरेन्समार्फत् मोतिहारी अमलेखगन्ज पाइपलाइनको संयुक्त उद्घाटनपछि प्रधानमन्त्री ओलीले गोरखा र नुवाकोटमा भारतीय सहयोगमा ५० हजार निजी आवास पुनर्निर्माण भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अगाडि उल्लेख गर्नुभयो, “यी घरहरु नेपालका जनताका लागि भारतको सहयोग तथा मित्रताका प्रतिक हुन् ।’
उहाँले परियोजनालाई सफल बनाउन क्रियाशील सबैलाई धन्यवाद पनि दिनु भयो ।
पाइपलाइन उद्घाटनपछि आफ्नो धारणा राख्नुहुँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी तथा निकट मित्रका नाताले नेपालको पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “मलाई धेरै प्रशन्नता छ कि नेपालको गोरखा र नुवाकोट जिल्लामा हाम्रो आपसी सहयोग, जसको यहाँले धेरै गर्वका साथ उल्लेख गर्नुभयो, त्यसैले म तपाईप्रति आभारी छु । आशा गर्छु, यस प्रोजेक्टमा यहाँका साथ लोकार्पण गर्ने अवसर पनि धेरै नै छिटो मिल्नेछ ।”

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप