पुनर्निर्माण अपडेट

लकडाउनबीच ग्रामीण सडक पुनर्निर्माण सुरु

प्रकाशित मिति: २०७७-१-२८

काठमाडौं, बैशाख २८
सुरक्षा उपाय अपनाएर विभिन्न निर्माण परियोजनाको कार्य सुरु गर्ने सरकारको नीति अवलम्बन गर्दै पुनर्निर्माण विभिन्न परियोजना सुरु भएका छन् । यसक्रममा पाल्पाको डुम्रे–चकल्दी–कुसुमखोला–बुढाखोल्सी जोड्ने सडक पुनर्निर्माण पुनः सुरु भएको छ ।
पाल्पाको निजी आवासलगायतका पुनर्निर्माण तथा जनजीवनमा महत्वपूर्ण मानिएको १४ किलोमिटर लामो यो ग्रामीण सडकको २०७६ फागुन पहिलो साता शिलान्यास गरिएको थियो ।
मूल्य अभिबृृद्ध करसहित १५ करोड ९२ लाख रुपैयाँमा रायमाझी–पिटिआर अधिकारी जेभीले सडक पुनर्निर्माण गरिरहेको छ ।
गाभ्रेल स्तरमा पुनर्निर्माण हुने र करिब आठ मिटर चौडा रहने यो सडकको निर्माण अवधि १६ महिना छ ।
सडक बनेपछि पश्चिम पाल्पाका अधिकांश भूभाग, छिमेकी जिल्लाहरु गुल्मी, अर्घाखाँची जिल्लाको लागि छोटो वैकल्पिक मार्ग उपलब्ध हुनेछ । यसबाट कृषि उत्पादनका लागि बजारको पहुँचमा सहयोग भई सामाजिक तथा आर्थिक उन्नतिमा टेवा पुग्ने स्थानीय जनप्रतिनिधिको धारणा छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) यो सडक पुनर्निर्माणको योजना कार्यान्वयन गर्ने कार्यालय हो ।  

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप