पुनर्निर्माण अपडेट

गलत गर्नेलाई कारवाही गर्न निर्देशन

प्रकाशित मिति: २०७६-११-१८

काठमाडौंफागुन १८

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गलत काम गर्ने इन्जिनियर तथा प्राविधिकलाई कारवाही गर्न केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)लाई निर्देशन दिनु भएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)ले आयोजना गरेको एमआइएस सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले केहीले गर्दा इन्जिनियरिङ समुदायमाथि नै प्रश्न उठेको भन्दै कसैलाई पनि छुट नदिन निर्देशन दिनु भएको हो ।

सर्वेक्षण गर्दा त्रुटी भएकाले अनुदान नपाउनु पर्ने केहीले पाएको र पाउनु पर्ने केहीले नपाएको गुनासो आएको भन्दै उहाँले केही इन्जिनियर तथा प्राविधिकले जिम्मेवारीपूर्वक काम नगर्नु नै सर्वेक्षणमा समस्या आउनुको मूल कारण रहेको बताउनुभयो ।

अब सर्वेक्षण र गुनासो दर्ताका लागि समय नभएको भन्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अझै पनि कोही छुटेका छन भने उनीहरुको रेकर्ड राख्न निर्देशन दिनु भयो । उहाँले अनुदान पाउनेले नपाउने र नपाउनु पर्नेले पाउने हुन नहुने भन्दै व्यवहारिक रुपमा देखा परेका समस्यालाई सल्टाउन र समाधानका उपाय खोज्न पनि इन्जिनियर तथा प्राविधिकलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा भूकम्प प्रभावित जिल्लामा कार्यरत इन्जिनयर तथा प्राविधिकहरु सहभागी थिए । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप