पुनर्निर्माण अपडेट

प्रधानमन्त्री ओलीद्वारा ऐतिहासिक धरहरा पुनर्निर्माणको शिलान्यास

प्रकाशित मिति: २०७५-९-१२

काठमाडौं, पुस १२

सम्माननीय प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक धरहरा पुनर्निर्माणको शिलान्यास गर्नु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा सुन्धारास्थित धरहरा पुनर्निर्माण स्थलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले विधिपूर्वक धरहरा पुनर्निर्माणको शिलान्यास गर्नु भएको हो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट ९ तलाको धरहरा ढलेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पबाट क्षति भएका धेरै संरचना पुनर्निर्माण भइसकेको उल्लेख गर्दै ऐतिहासिकता झल्किने र आधुनिकता टल्किने गरी धरहराको पुनर्निर्माण हुने बताउनुभयो ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा पुनर्निर्माणका लागि प्रधिकरणले सबै खालको सहयोग गर्ने बताउँदै गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धरहरा पुनर्निर्माणका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निम्ति सचिव मुकुन्दप्रसाद निरौलाले अथितिहरुलाई स्वागत गर्नु भएको थियो ।

धरहरा पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पन्नी जीआईईटीसी–रमन जेभीका निर्देशक रमन महतोले सम्झौता अनुसार समयमा नै धरहराको पुनर्निर्माण सम्पन्न गर्ने बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको समयमा धरहरा निर्माण गरिएको थियो । ११ तलाको रहेकोमा १९९० सालको भूकम्पबाटनवौं र दसौं तला भत्केकेको थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप