पुनर्निर्माण अपडेट

किरण पुस्तकालयको पुनर्निर्माण अन्तिम चरणमा

प्रकाशित मिति: २०७७-८-१६

काठमाडौं, मंसिर १६
गुल्मीको सदरमुकाम तम्घासस्थित किरण पुस्तकालय भवनको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।
गुल्मीसमेत कार्यक्षेत्र भएका जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) पाल्पाका आयोजना प्रमुख टिका बहादुर थापाका अनुसार पुस्तकालयको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।


कूल ३ करोड ४२ लाख ६६ हजार रुपैयामा पुनर्निर्माण भइरहेको पुस्तकालय भवनको हाल रंगरोगन र फिनिसिङको कार्य हुँदैछ ।
निर्माणका लागि २०७६ असार २ मा ठेक्का सम्झौता भएको थियो । चैत्र २५ गतेभित्र पुनर्निर्माण सक्ने लक्ष्य छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप