पुनर्निर्माण अपडेट

पुनर्निर्माणको कार्यमा जुट्न प्राविधिकहरुलाई निर्देशन

प्रकाशित मिति: २०७६-१-१३

काठमाडौं, बैशाख १३
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधा लगायतका मागहरु सम्बोधन भइसकेकोले तत्काल पुनर्निर्माणको कार्यमा जुट्न सबै प्राविधिकहरुलाई निर्देशन गरेको छ ।
पुनर्निर्माणको महाअभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइएमा कडा कदम चाल्न बाध्य हुने पनि प्राधिकरणले स्मरण गराएको छ । 
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले एक वक्तव्य प्रकाशित गरी प्राविधिकका मागहरु २०७५ भदौबाट लागू हुने गरी नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको जानकारी दिनुभएको छ । 
वक्तव्यमा भनिएको छ, “प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधा लगायतका मागहरु २०७५ भदौबाट लागू हुने गरी नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको र त्यसबारे नेपाल इन्जिनियर्स एसोसियनका पदाधिकारीहरुसहितको २०७६ बैशाख १२ गते बिहानको बैठकमा प्राविधिकहरुलाई जानकारी गराएका थियौं ।”
त्यसका बाबजुद प्राविधिकहरुले एक कार्यक्रम गरी सामूहिक राजीनामाको घोषणा गरेको समाचार विभिन्न संचारमाध्यममा आएको थियो । 
यसले ‘पुनर्निर्माण र भूकम्प पीडित जनताको संवेदनशीलताप्रति प्राविधिकहरुको नियतमाथि प्रश्न उठाएको’ प्राधिकरणले आशंका छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप