पुनर्निर्माण अपडेट

सामाजिक–आर्थिक पुनर्स्थापनामा गैरसरकारी क्षेत्रको महत्वपूर्ण भूमिका

प्रकाशित मिति: २०७६-१-२

काठमाडौं, बैशाख २ 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सामाजिक–आर्थिक पुनर्स्थापना, जीविकोपार्जन तथा रोजगारीका क्षेत्रमा गैरसरकारी संस्थाहरुसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सहकार्य गर्न तयार रहेको बताउनु भएको छ । 


एनजीओ फेडेरेसन नेपालले आयोजना गरेको विपद् जोखिम न्यूनीकरणका लागि राष्ट्रिय समन्वय संयन्त्र सम्बन्धी नीति संवादलाई सम्बोधन गर्दै उहाँले पुनर्निर्माणका क्रममा प्राप्त ज्ञान, सिप तीनै तहका सरकारलाई हस्तान्तरण गर्न प्राधिकरणले काम गरिरहेको जानकारी दिनु भयो । 
उहाँले विपद् जोखिम न्यूनीकरणमा जनताको सबैभन्दा नजिक रहेको स्थानीय सरकारलाई सक्रिय र सबल बनाउनुपर्ने धारणा पनि राख्नुभयो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले तुलनात्मक रुपमा ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्र तथा सम्पदा बस्तीहरुमा पुनर्निर्माण सुस्त भएकोले यी क्षेत्रमा ध्यान केन्द्रित गर्न पनि आग्रह गर्नु भयो । 
विद्यालय तथा स्वास्थ्य संस्थाहरुका भौतिक संरचनाहरुको पुनर्निर्माण भइरहेको र गैरसरकारी क्षेत्रले ती संस्थाको गुणस्तरीय सेवाका लागि योगदान गर्न सक्ने उहाँको सुझाव थियो । 


फाउन्डेसन डे फ्रान्सको सहयोगमा आयोजित एक दिने नीति संवाद कार्यक्रममा नेपाल सरकारका अधिकारीहरु, विपद् न्यूनीकरणमा क्रियाशील गैरसरकारी क्षेत्रका प्रतिनिधिहरु, विपद् व्यवस्थापनमा क्रियाशील अन्तरााष्ट्रिय संस्थाका प्रतिनिधिहरुको सहभागिता छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप