पुनर्निर्माण अपडेट

प्रमुख कार्यकारी अधिकृत र सचिवबीच कार्यसम्पादन सम्झौता

प्रकाशित मिति: २०७६-६-१२

काठमाडौं, असोज १२
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र सचिव शिवहरि शर्माबीच कार्यसम्पादन सम्झौता भएको छ ।
गत बिहीबार प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको हो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जिम्मेवारीमा हुँदा सम्पादन गरिने पुनर्निर्माणसँग सम्बन्धित कार्यहरुलाई परिणामतर्फ केन्द्रित गर्न र मूल्याकंनको उपर्युक्त विधि स्थापित गर्न कार्यसम्पादन सम्झौता प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।
सचिव शर्माले पुनर्निर्माणका बाँकी दायित्वलाई निश्कर्षतिर लैजानेगरी तोकिएको समय र गुणस्तरमा कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अब यसै प्रकारको कार्यसम्पादन सम्झौता प्राधिकरणका सचिव र महाशाखा प्रमुखहरुबीच हुने छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीबीच कार्यसम्पादन सम्झौता भइसकेको छ । असोज ६ गते राष्ट्रिय योजना आयोगमा आयोजित कार्यक्रममा सम्झौता भएको हो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप