पुनर्निर्माण अपडेट

नवनियुक्त सचिवबाट पद बहाली

प्रकाशित मिति: २०७७-८-२९

श्री सुरेश आचार्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सचिवको पदमा आज २०७७ मंसिर २९ मा बहाली गर्नु भएको छ । प्राधिकरणमा निजलाई निमित्त सचिव श्री जीवन प्रकाश सिटौला र अन्य कर्मचारीहरुले स्वागत गर्नु भएको थियो । पद बहालीको क्रममा सचिवले भूकम्प पछिको पुनर्निर्माण नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम रहेकाले सबैले उच्च नतिजा दिने गरी कार्य गरी पुनर्निमाणलाई सफलतापूर्वक सम्पन्न गर्नु पर्ने बताउनु भयो । नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७७ मंसिर २५ निर्णय अनुसार को निर्णय अनुसार निजलाई प्राधिकरणमा पदस्थापन गरिएको हो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप