पुनर्निर्माण अपडेट

राष्ट्रपति भण्डारीद्वारा पुनर्निर्माण भइरहेका सम्पदाको अवलोकन

प्रकाशित मिति: २०७६-१०-२५

काठमाडौं, माघ २५
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका काठमाडौंका विभिन्न सम्पदा स्थलको अवलोकन गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले शनिबार बिहान पुनर्निर्माण भइरहेका रानीपोखरी, सुन्धरास्थित धरहरा क्षेत्र, बसन्तपुर क्षेत्रस्थित काष्ठमण्डप मन्दिर र नौतले दरबारको अवलोकन गर्नु भएको हो ।

 


 

त्यसक्रममा उहाँले पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीस्थित दरबार हाइ स्कुलको पनि अवलोकन गर्नु भयो ।


 

२०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त भएका यी सम्पदाहरुको पुनर्निर्माण अवस्था अवलोकन र प्रगतिको प्रत्यक्ष जानकारी लिएपछि राष्ट्रपति भण्डारीले पुनर्निर्माणको पछिल्लो अवस्थाबाट आफू उत्साहित भएको बताउनुभयो ।

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणलाई गति दिइएको र बाँकी काम समयतालिका बनाएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप