पुनर्निर्माण अपडेट

पुनर्निर्माणको बार्षिक प्रगति समीक्षा सम्पन्न

प्रकाशित मिति: २०७४-४-२९

पुनर्निर्माणको क्षेत्रमा आर्थिक वर्ष २०७३/७४ मा भएका प्रगति र आगामी चुनौतीका बिषयमा तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा शुक्रवार भएको कार्यक्रममा पुनर्निर्माणसँग सम्बन्धित विभिन्न केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, मन्त्रालय तथा अन्य निकायका प्रमुख तथा प्रतिनिधिले हालसम्मको प्रगति तथा आगामी चुनौतीका बिषयमा आ–आफ्नो प्रस्तुती राख्नुभएको थियो ।
समीक्षा बैठकमा आफ्नो धारणा राख्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले पुनर्निर्माणलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले पुनर्निर्माणका लागि सम्बन्धित निकायलाई बजेटको अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । बिकास निर्माणको काम गर्दा आर्थिक बर्षको अन्त्यतिर पैशा खर्च गर्ने प्रवृति हावी रहेको भन्दै पोखरेलले दसैं अघिको ठेक्कापट्टा दसैंअघि नै सकेर चाडपर्वलगत्तै निर्माण सुरु गर्ने वातावरण मिलाइदिन सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा विभिन्न निकायबाट भएको प्रस्तुतिमाथि राष्ट्रिय योजना आयोगका सदस्य डा. अरबिन्द कुमार मिश्र, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र कुमार घिमिरे, शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्राधिकरणका सचिव सर्वजितप्रसाद महतो, अर्थ मन्त्रालयका सहसचिव केवल प्रसाद भण्डारी आफ्नो मन्तव्य राख्नुभयो ।  
त्यस्तै, सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक तपेन्द्र बहादुर खड्का, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक इश्वरनाथ मरहठ्ठा, शिक्षा मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक इमनारायण श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आयोजना निर्देशक डण्डुराज घिमिरे, पुरातत्व विभाका महानिर्देशक भेषनारायण दाहालले आआफ्नो मन्त्रालय तथा विभागको प्रगति राख्नुभयो ।
त्यस्तै, स्वास्थ मन्त्रालयले हेर्ने पुनर्निर्माणका क्षेत्रका बारेमा सहसचिव रमेश प्रसाद अधिकारी, कृषि मन्त्रालयका तर्फबाट मणिरत्न अर्याल, रक्षा मन्त्रालयका तर्फबाट गणेश आचार्य, वन मन्त्रालयबाट अनुपा घिमिरे, पशुपन्छी विकास मन्त्रालयका तर्फबाट अमर राय, खानेपानी तथा ढल निकास विभागका तर्फबाट आरती श्रेष्ठले पनि प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो ।   
कार्यक्रममा आर्थिक वर्ष २०७३÷७४ को समग्र बजेट, त्यसको बाँडफाँड, कार्यक्रम कार्यान्वयनको अवस्था तथा अन्य निकायले सम्पादन गरेका कार्यहरुका वारेमा प्राधिकरणका सह–सचिव यमलाल भूसालले संक्षिप्त प्रस्तुति गर्नुभएको थियो । 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed