पुनर्निर्माण अपडेट

बाढीपीडितलाई राहतस्वरुप १५ हजार न्यानो कपडा किन्न १० हजार अलग्गै

प्रकाशित मिति: २०७४-८-११

मंसिर ११, काठमाडौं


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यस बर्षको बाढीबाट प्रभावित तराईका जिल्लाहरुका पीडितलाई राहतस्वरुप प्रति परिवार १५ हजार रुपैयाँ वितरणको जिम्मेवारी पाएको छ । 


मन्त्रीपरिषद्को निर्णयअनुसार प्राधिकरणले जिम्मेवारी प्राप्त गरेपश्चात प्रक्रिया प्रारम्भ गरेको हो । बाढी तथा डुबानबाट पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६२६ घरपरिवारलाई राहत वितरण गर्ने नेपाल सरकारको निर्णय छ ।  


त्यसैगरी, बाढीबाट प्रभावित सबै पीडितलाई जाडोबाट जोगाउन न्यानो कपडा किन्नका लागि प्रति घरपरिवार अलग्गै १० हजारका दरले अनुदान उपलब्ध गराउने कार्य पनि सँगसँगै अगाडि बढाइएको छ । 


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् संचालन हुने यी अनुदानहरुको वितरण सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले गर्ने छन् । 


यो वर्षको बाढीबाट अति प्रभावित १८ जिल्लाका १ सय ३४ को ज्यान गएको थियो ।


बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ हुने राष्ट्रिय योजना आयोगद्धारा तयार बाढीपछिको पुनस्र्थापना आवश्यकता आंकलन प्रतिवेदनमा अनुमान गरिएको छ ।


आयोगका अनुसार बाढीले आवास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिँचाइ, यातायात, पानी तथा सरसफाइ र ऊर्जा क्षेत्रमा ६१ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको  थियो।


बाढी तथा डुवान प्रभावित क्षेत्रमा पुनस्र्थापना तथा पुनर्निर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनर्निर्माणको समन्वय गर्न कार्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमातहत रहने गरी बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना गठन गरेको थियो ।

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed