पुनर्निर्माण अपडेट

सम्पदा पुनर्निर्माणका लागि उपयुक्त काठ आपूर्ति गर्न निर्देशन

प्रकाशित मिति: २०७४-९-२८

पौष २८, काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा संरक्षणको लागि आवश्यक लामो काठ आपूर्ति गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । केही दिनअघि प्राधिकरणमा बसेको एक बैठकले बजारमा लामो काठको आपूर्ति नहुने हुँदा आवश्यकतानुसार वन तथा भूसंरक्षण मन्त्रालय समेतको समन्वयमा दि टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन) बाट पुरातत्व विभागले सिफारिस गरेको आकार (१२ फीट देखि २० फीट सम्म) र परिमाणको काठउपलब्ध गराउने गरी व्यवस्थापन गरिने निर्णण भएको हो ।
नेपाल सरकारले पुरातत्व विभागको सिफारिसमा सम्पदा संरक्षणको लागि आवश्यक सालको काठ उपलब्ध गराउन सहजीकरण गर्ने निर्णय गरिसकेको छ ।
त्यसैगरी, निजी आवास पुनर्निर्माणमा समेत काठको आपूर्तिमा समस्या रहेको भन्ने गुनासो कतिपय जिल्लाबाट प्राप्त भएकोले बन तथा भूसंरक्षण मन्त्रालयले टिसिएनलाई समेत परिचालन गरी आवश्यकतानुसारको काठ उपलब्ध गराउन थप सहजीकरण गर्ने पनि निर्णय भएको छ । 
त्यस्तै, भूकम्पपछिको पुनर्निर्माणका क्रममा कतिपय स्थानमा खानीजन्य वस्तुको आपूर्तिमा (ढुङ्गा, गिटी, बालुवा लगायत) समस्या भएको गुनासो आएको सन्दर्भमा उद्योग मन्त्रालय खानी तथा भूगर्भ विभाग, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय (जिल्ला समन्वय समिति, सम्बद्ध स्थानीय तह एवं वन तथा भूसंरक्षण मन्त्रालय अन्तर्गतका निकायहरुले भूकम्पपीडित जनताको घर निर्माण प्रयोजनका लागि आवश्यक निर्माण सामग्री आपूर्तिमा आआफ्ना क्षेत्रसँग सम्बन्धित प्रक्रिया सरलीकरण गरी ती सामग्रीहरुको उपलब्धता सुनिश्चित गरिदिने बिषयमा बैठकमा छलफल भएको थियो । 
 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed