पुनर्निर्माण अपडेट

अनुदान वितरण सहज गर्नेबारे प्राधिकरण र बैंकहरुबीच छलफल

प्रकाशित मिति: २०७४-१०-२१

माघ २१, काठमाडौं
भूकम्पपीडित लाभग्राहीलाई निजी घर निर्माण गर्न पाउने सरकारी अनुदान लिन समस्या भएको एवं सहुलियत ऋण लिन सहज नभइरहेको गुनासो आइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल बैंकर्स एसोसिएसन एवं अनुदान वितरण कार्य गरिरहेका बैंकहरुका प्रतिनिधिसँग छलफल गरेको छ ।
आइतबार प्राधिकरणको कार्यालयमा भएको छलफलमा प्राधिकरणका योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख सहसचिव यमलाल भूसालले भूकम्प पीडितलाई अनुदान वितरण गरेवापत सरकारले सेवा शुल्क दिइरहेकोलेउनीहरुलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिन बैंकहरुलाई आग्रह गर्नु भयो । 
प्राधिकरणका प्रवक्ता समेत रहनु भएका भूसालले प्राधिकरण र बैंकबीच, बैंक र लाभग्राहीबीच एवम् बैंकको केन्द्र र शाखाहरुबीचको संचारलाई चुस्तदुरुस्त बनाइ अनुदान वितरणलाई एक दिन पनि ढिला हुन दिन नहुनेमा जोड दिनु भयो ।
त्यस्तै, प्राधिकरणकैसहसचिव नेत्र सुवेदीले बैंकहरुले कर्पोरेट सामाजिक दायित्वअनुसार भूकम्प पीडितलाई व्यवहार गर्नु पर्ने बताउनु भयो ।
नेपाल बैंकर्स एसोसिएसनका सचिव अनिल शर्माले एसोसिएसनका तर्फबाट आफ्ना सदस्य बैंकहरुलाई भूकम्प पीडितले पाउने अनुदान वितरणमा सहजीकरण गरिरहेका जानकारी दिंदै लाभग्राहीको मृत्यु भएको वा विदेश गएको लगायतका स्थितिमा लाभग्राही परिवर्तन हुँदा त्यसको समयमै जानकारी उपलब्ध गराउन आग्रह गर्नु भयो । 
कार्यक्रममा उपस्थित अनुदान वितरण कार्य गरिरहेका बैंकहरुका प्रतिनिधिहरुले अनुदान वितरणका क्रममा आइपरेका विभिन्न समस्याहरु राख्दै भूकम्प पीडितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 
प्राधिकरणका बैंकिङ विज्ञ त्रिलोचन पंगेनीले स्थानीय तह तथा जिल्लास्तरमा उठेका समस्याहरु तत् निकायमा समाधान गर्ने प्रयास गर्न आग्रह गर्नु भयो । उहाँले नियमित ग्राहक तथा भूकम्प पीडित लाभग्राहीलाई समान व्यवहार गरिनु पर्ने धारणा पनि राख्नु भयो ।
छलफल कार्यक्रममा पुनर्निर्माण कार्यमा सहयोग गरिरहेका विश्व बैंक तथा जापानी सहयोग नियोग जाइकाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । 
यसअघि माघ १४ गते प्राधिकरण कार्यालयमा भएको सरोकारवालाहरुको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले भूकम्प पीडितहरुको अवस्थालाई विचार गरी लचक भएर ऋण प्रवाह गर्न आग्रह गर्नुभएको हो ।सो कार्यक्रममा बैकका प्रतिनिधि संस्थाका प्रमुखहरुले आवश्यक कागजपत्र पु¥याएका लाभग्राहीलाई ऋण दिन कुनै समस्या नरहेको प्रतिबद्धता व्यक्त गरेका थिए । 
 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed