पुनर्निर्माण अपडेट

२० औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित मूल समारोह कार्यक्रमका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको मन्तव्य

प्रकाशित मिति: २०७४-१०-३

मूल समारोहका सभाध्यक्ष तथा माननीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीज्यू,
सम्माननीय प्रधानमन्त्री ज्यू,
कामपाका प्रमुखज्यू,
आमन्त्रित अतिथिगण तथा
समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरु

  • विक्रम संवत् १९९० साल माघ २ गते नेपालमा गएको विनाशकारी भूकम्पको दिन पारेर वि.सं २०५५ सालदेखि हरेक वर्ष आजकादिन भूकम्प सुरक्षासम्बन्धी सचेतना कार्यक्रम मनाउँदै आएको कुरा विदितै छ, आजको यो श्रृंखला विसौं हो ।
  • यस अवसरमा नेपालमा विभिन्न समयमा गएका विनासकारी भूकम्पबाट दिवंगत हुनुभएका समस्त स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै तिनका परिवारजन, इष्टमित्र तथा साथीहरुमा म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु । 
  • २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले पु¥याएको व्यापक जनधनको क्षति हाम्रा सामू ताजै छ । यी भूकम्बाट हामीले सिकेको पाठ हो भूकम्प जुनसुकै बेला जहाँ पनि जान सक्दछ । आजको संसारमा विकास भएको विज्ञान र प्रविधिको चरम प्रगतिका बाबजुदपनि मानवजाति यसको पूर्वानुमान गर्न अझै सक्षम भइसकेको छैन । 
  • भूकम्पबाट सुरक्षित रहन भूकम्पसम्बन्धी जोखिम न्यूनीकरण, पूर्व तयारी तथा भूकम्पप्रतिरोधी संरचना निर्माण गर्नु नै हो । यस्ता सचेतनामूलक कार्यक्रमले हामीलाई सदैव जोखिम न्यूनीकरण गर्न, पूर्व तयारीमा लाग्न र सुरक्षित संरचना निर्माणमा झक्झक्याइरहने विश्वासका साथ आजको यो कार्यक्रम आयोजना गरिएको हो ।
  • २०७२ बैशाखको विनाशकारी भूकम्प र त्यसपश्चात्का परकम्पबाट क्षतिग्रस्त संरचनाको दिगो, दरिलो र योजनाबद्ध पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले१४ वटा अति प्रभावित र १८ वटा प्रभावित गरी ३२ जिल्लामापुनर्निर्माण कार्यको नेतृत्व, संयोजन तथा व्यवस्थापन गरिरहेको छ । 
  • सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधारभन्ने आजको नाराकै सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हाल स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिकै सक्रिय अग्रसरतामा पुनर्निर्माणका कार्यक्रमहरु अघि बढाएको छ ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरण,पुनर्निर्माण वा प्रबलीकरण हुने संरचना भूकम्पप्रतिरोधी हुनै पर्छ भन्नेंमा सचेत छ । निजी घर बनाउँदा कमसेकम तीन पटक प्राविधिकद्वारा जाँच गरी किस्ता किस्तामा रकम दिने प्रावधान राख्नुको अर्थ ती संरचना भूकम्पप्रतिरोधी होउन् र हरेक व्यक्तिको जिउधनको सुरक्षाको सुनिश्चितताहोओस् भन्ने नैहो ।
  • हाम्रो यो चाह हुँदाहुँदै पनि प्राधिकरणको गठन अघि र पछि विभिन्न कारणले हजारौं भूकम्पप्रभावित दाजुभाइ दिदी बहिनीहरुले आफ्नै हिसाबले आफ्नो घरबास बनाउनु भएको व्यहोरा हामीलाई जानकारी छ । त्यसमा कतिपय व्यक्तिहरु पुनर्निर्माण लाभग्राहीको सूचीबाट प्रबलीकरण लाभग्राहीको सूचीमा सर्नु पर्ने पनि देखिएको छ । यीमध्ये भूकम्प प्रतिरोधी नरहेका पूर्व निर्मित त्यस्ता घरवासलाई सुधार गरीउहाँहरुले राज्यको तर्फबाट पाउने अनुदान दिने प्रक्रियामा हामी छौँ। प्राधिकरणको गठन हुनुअघि बनेका तर मापदण्ड नपुगेका ती घरहरुलाई सुधार गरी भूकम्प प्रतिरोधी बनाउन सुधार तथा अपवाद पुस्तिका प्रकाशन गरी काम अघि बढाइएको छ, यसमा सम्बन्धित सबैको सहयोगको अपेक्षा गर्दछौं ।   
  • गोरखा भूकम्पले क्षति पु¥याएकामध्येकरिब ८८हजार घरको निर्माण सम्पन्न भइसकेको छ भने करिब २ लाख ४५ हजार घरहरु र्निर्माणाधीन छन् । 
  • यस वर्षकोभूकम्प सुरक्षा दिवसको नाराको मर्मअनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दरिलो र सुरक्षित संरचना निर्माणमा समुदाय रस्थानीय सरकारलाई सँगसँगै लिएर हिंड्ने प्रयास थालिसकेका छौं । २०७४कात्तिक १७ गते स्थानीय सरकारका प्रतिनिधिहरुसँग एकअन्तरक्रियाआयोजना गरी २८ बुँदे ललितपुर घोषणा–पत्र नै जारी गरिएको सर्वविदितै छ । यसै क्रममा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले देहायको व्यवस्था मिलाइरहेको छः
  1. स्थानीय तहका जनप्रतिनिधिहरुको माग बमोजिम गत मंसिर महिनामै सबै प्राविधिक कर्मचारीहरुलाई स्थानीय सरकारको मातहत खटाइएको, नगएकाहरुको नियुक्ति रद्द गरी बैकल्पिक सूचीबाट खटाउने क्रम जारी रहेको,
  2. स्थानीय तहमा मिस्त्री तथा कामदारको अभाव हुन नदिन माग बमोजिम भूकम्प पीडित सबै जिल्लाका २८२ स्थानीय तहमा डकर्मी तालिम संचालन गरिएको,
  3. ढुंगा, गिट्टी, बालुवा आपूर्तिका लागि स्थानीय तहका सरकारहरुले सित्तैमा वा सहुलियत दरमा उपलब्ध गराउने गरी जिम्मा लिइसकेका,
  4. काठ आपूर्तिका लागि वन विभाग मार्फत् सबै जिल्ला वन कार्यालय तथा टि.सि.एन.सँग समन्वय गरी काठ आपूर्ति सुनिश्चित गरिएको,
  5. स्थानीय तहबाट पारित हुने आवास निर्माणको नक्शा एकसाताभित्रै तथा निःशुल्क रुपमा स्थानीय तहले उपलब्ध गराउने प्रतिबद्धता जनाएका,
  6. स्थानीय तहमा सडकको अधिकारक्षेत्र भनी सडक सीमा तोक्ने अधिकार स्थानीय सरकारकै भएकाले खोला तथा सडकको क्षेत्र भनी नक्शा पास गर्ने बेलामा हुने अवरोध हटाइएको,
  7. ७५ बर्षमाथिका वृद्धवृद्धा, ६० बर्ष नाघेका असक्त एकल महिला, दृष्टिविहीन लगायतका रातोकार्डधारी अपांगता भएका व्यक्ति तथा १६ बर्ष मुनिका नाबालिगहरुको घरबास निर्माणका लागि प्राधिकरणले हाल त्यस्ता व्यक्तिहरुको स्थानीय सरकार मार्फत्लगत संकलन गरिरहेको र सो प्राप्त हुनासाथ उनीहरुको आवास निर्माणको व्यवस्थागर्न लागेको,
  8. स्थानीय तहमा निजी आवास निर्माणमा रहेका विभिन्न समस्याहरु पहिचान गरी शिघ्र समाधान गर्न गत पौष १० गतेबाटै सबै जिल्लाका २८२ स्थानमै अन्तरक्रियात्मक गोष्ठीहरु संचालन भइरहेका,
  9. सरकारको घोषित नीति बमोजिम विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुनु पर्ने २५ लाख तथा १५ लाख सम्मको ऋण लगानी उलल्ेख्य रुपमा नभइरहेको सन्दर्भमा प्राधिकरणले यसमा सम्बन्धित निकायसँग छलफल गरिरहेको,
  10. भूकम्पबाट जोखिममा परेका र भौगर्भिक अध्ययन भएका विभिन्न स्थानकाजोखिमयुक्त बस्तीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई पीडितहरुको चाहना तथा उपलब्धस्थानमा सार्ने कार्यलाई तिव्रताकासाथ अगाडि बढाइएको,
  11. स्थानीय तहमा भइरहेका पुनर्निर्माणको कार्यलाई थप तिव्रता दिन निरन्तर अनुगमन, सहजीकरण तथा समन्वयमा प्राधिकरणका पदाधिकारी तथा कर्मचारीहरु स्थानीय तहमा खटिएका,
  12. २०७२ पौष मसान्तभित्रै दोश्रो किस्ताको सिफारिस लिने भनी गरिएको प्राधिकरणको निर्देशक समितिको निर्णय बमोजिम सो किस्ता लिन नसकेका विभिन्न दाजुभाइ दिदी बहिनीहरुको मनासिव माफिकको कारणलाई कदर गर्दै पुनःविचार गरिने नै छ,
  13. २०७४ मंसिर मसान्तभित्रै गुनासो दर्ता गर्नुभएका दाजुभाइ दिदीबहिनीहरुको गुनासोमाथि सकभर यही माघ महिनाभित्रै सम्पन्न गरी त्यसको संबोधन गरिनेछ,
  14. धरहराको पुनर्निर्माण प्राधिकरण स्वयम्ले निर्माण गर्ने र सकभर यही आर्थिक बर्षभित्रै निर्माण शुरु गर्ने प्रयास भैरहेको,
  15. रानीपोखरी, काष्ठमण्डप तथा दरबार हाइस्कुलको पुनर्निर्माणलाई समन्वयात्मक तरिकाले सबै सरोकारपक्षको भावना समेटी अगाडि बढाइने छ,
  16. अन्य पूर्वाधार तथा सरकारी भवनहरु सरकारका तत्तत् निकाय मार्फत निर्माणको कार्यलाई अघि बढाइएको व्यहोरा पनि निवेदन गर्दछु ।
  • भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्व तयारी तथा सुरक्षित भवन निर्माणलगायतका लागिव्यापक जनचेतना आवश्यक हुन्छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका क्रममा यो दायित्व पनि निर्वाह गरिरहेको छ । निजी घरहरु, सरकारी भवनहरु, साँस्कृतिक सम्पदा र हाम्रा पहिचानका अन्य धरोहरसहितसबै सार्वजनिक संरचना पुनर्निर्माण हुँदै गर्दा नेपालमा भूकम्पप्रतिरोधी संरचना निर्माणको सचेतना अझ विस्तार हुनेछ भन्ने हाम्रो विश्वास छ । 
  • २०७२ सालको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएसँगै यसले हामीलाई भूकम्पप्रतिरोधी सुरक्षित संरचना निर्माणमा अग्रसर पनि गराएको छ ।सुरक्षित संरचना निर्माणको हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिँदै जोखिम न्यूनीकरण, प्रति कार्य र पूर्व तयारीलाई सँगसँगै अघि बढाउन जरुरी छ । 
  • अन्त्यमा, आजको यस दिनले भूकम्पलगायत बहुप्रकोपीय जोखिम प्रतिरोधी संरचनाको निर्माणमा हामीलाई अग्रसरता दिनेछ भन्नें आशा र विश्वासका साथ आफ्नो भनाइ यही अन्त्य गर्दछु । धन्यवाद !

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed