पुनर्निर्माण अपडेट

५ बर्षभित्रमा पुनर्निर्माणको काम सकिन्छ: सिइओ पोखरेल

प्रकाशित मिति: २०७४-६-२

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेलले ठुला पुरातात्विक सम्पदा बाहेक ५ बर्षभित्रमा भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न हुने बताउनुभएको छ ।
पुनर्निर्माण र आप्रवासनको सम्बन्धमा रोजगारीको श्रृजना बिषयक प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सोमवार सम्वोधन गर्दै सिइओ पोखरेलले दक्ष जनशक्तिको अभावमा पुनर्निर्माण प्रगतिले अपेक्षाकृत गति लिन नसकेपनि तोकिएकै समयमा यसले पुर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।
पुनर्निर्माणका लागि प्राविधिक जनशक्ति मुख्य चुनौती रहेको भन्दै उहाँले सीप बिकास र क्षमता बिस्तारका लागि प्राधिकरणले दक्ष जनशक्ति उत्पादन गर्न बिशेष कार्यक्रम संचालन गर्न लागेको बताउनुभयो ।
भूकम्पपछिको पुनर्निर्माणलाई धेरैले भौतिक पुनर्निर्माणसँग मात्र जोडेर हेर्ने गरेको भन्दै डा. पोखरेलले भन्न्भयो, आर्थिक र सामाजिक पुनर्निर्माणलाई पनि सँगसँगै लैजान सके मात्र  वास्तविक रुपमा मुलुकको सम्बृद्धि सम्भव हुन्छ ।  
न्युन पारिश्रमिकका लागि पनि ठुलो जनशक्ति बैदेशिक रोजगारीमा जानु परेको छ, डा. पोखरेलले भन्नुभयो: सीप र क्षमताको बिकास गरेर स्वदेशमा पनि रोजगारीका राम्रा अवसरहरु प्राप्त गर्न सकिन्छ, बिदेश पलायन हुने जनशक्तिलाई रोक्न सके पुनर्निर्माणमा ठुलो सहयोग पुग्छ ।

 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed