पुनर्निर्माण अपडेट

प्राधिकरण र संसदको सुशासन समितिबीच छलफल

प्रकाशित मिति: २०७४-४-१९

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संसदको सुशासन तथा अनुगमन समितिबीच बिहीबार छलफल भएको छ । पुनर्निर्माणको क्षेत्रमा भइरहेको प्रगतिबारे छलफल गर्न संसदीय समितिले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द राज पोखरेलसहितका उच्च अधिकारीहरुलाई आफ्नो कार्यालयमा बोलाएको थियो ।
छलफलमा सांसदहरुले पुनर्निर्माणको क्षेत्रमा कुनै नीतिगत तथा अन्य समस्या भए त्यसलाई फुकाउन सहजीकरण गर्ने आश्वासन दिंदै पुनर्निर्माणलाई अझै गति दिन आग्रह गर्नुभयो ।
एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एकीकृत वस्ती निर्माणलाई प्रोत्साहन गर्न प्राधिकरणलाई आग्रह गर्नु भयो । खनालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पुनर्निर्माणमा संलग्न गराउन सुझाव पनि दिनुभयो ।
सांसद कल्पना शर्मा जोशीले जेष्ठ नागरिक, एकल महिला, विपन्नहरुको नाम छुटेको गुनासो आएकोले स्थानीय सरकारसंग मिलेर उनीहरुका समस्या हल गर्न आग्रह गर्नुभयो ।
अर्का सांसद अमनलाल मोदीले नीतिगत गाँठाहरु भए फुकाउन सहयोग गर्ने बताउँदै कमजोर वर्गका व्यवहारिक समस्या हेर्न पनि आग्रह गर्नुभयो ।

डा. पोखरेलले भूकम्पप्रभावित क्षेत्रका सांसदहरुलाई एकएकवटा नमूना एकीकृत वस्ती निर्माणको नेतृत्व लिइदिन समेत आग्रह गर्नुभयो ।  डा.पोखरेलले भूकम्पप्रभावित क्षेत्रका मात्र करिब दुई सय सांसद रहनुभएकोले उहाँहरुले त्यो नेतृत्व लिइदिए निजी आवास निर्माणमा ठूलो योगदान पुग्ने बताउनुभयो ।

प्राधिकरणका प्रवक्ता यमलाल भूसालले पुनर्निर्माणको क्षेत्रमा हालसम्म भएको प्रगति र आगामी योजनाबारे अद्यावधिक जानकारी प्रस्तुत गर्नु भएको थियो ।

 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed