पुनर्निर्माण अपडेट

प्राधिकरण स्थापनाका दुई वर्ष निजी आवासमा ४६ प्रतिशत प्रगति

प्रकाशित मिति: २०७४-९-१२

काठमाडौं, पुस १२ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो स्थापनाकोदुई वर्षपुगेको अवसरमाआज एक समारोहको आयोजनागरी प्रगतिप्रतिवेदन सार्वजनिकगर्दै आगामीदिनमापुनर्निर्माणको गतिलाई अझतीब्र बनाउने प्रण गरेको छ । 

काठमाडौंको बबरमहलमाआयोजितकार्यक्रममाप्राधिकरणका उच्चपदाधिकारीहरुले प्राधिकरणको ४० प्रतिशतसमयावधिमानिजीआवासतर्फ करिब ४६ प्रतिशतप्रगतिभएको र यहीआर्थिक वर्षभित्र ६० प्रतिशत भूकम्पपीडित सुरक्षित छानामुनि आइसक्ने आधार बनेकोबताउनुभयो । 

कार्यक्रममाबोल्दै प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत युवराज भूसालले भूकम्पपीडितको निजीआवासमाजोड दिंदै अन्य क्षेत्रको पुनर्निर्माणलाई पनितीब्र गतिमा लैजाने आधार बनेको बताउनु भयो । उहाँले निजीआवास निर्माणमा अवरोध रहेको जनशक्तिको अभावलाई पूर्ति गर्न यहीपुसभित्र ५४ हजारनयाँ डकर्मीलाई तालिमदिनलागेको जानकारी पनिदिनु भयो ।

प्राधिकरणका सचिवमधु सुदनअधिकारीले प्राधिकरण स्थापनापछिका कठीन दिनहरुको स्मरण गर्दै अब बाटो प्रष्ट भएकोले आगामीदिनमापुनर्निर्माणले गतिलिने विश्वास व्यक्तगर्नु भयो ।सचिवअधिकारीले पुनर्निर्माण सामूहिकप्रयास भएको र यसमा संचारमाध्यमलगायत सम्पूर्ण क्षेत्रको उत्तिकै भूमिका रहेकोमाजोड दिनु भयो । 

प्राधिकरणको कार्यकारी समिति सदस्यधु्रवशर्माले निजीअवास निर्माणमा समयसीमातोकिएपछि यसले गतिलिएको उल्लेख गर्दै जोखिमयुक्त वस्तीमा रहेका पीडितलाई स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको जानकारी दिनु भयो ।

कार्यक्रममा सहसचिवतथाप्रबक्तायमलाल भूसालले आजको मितिसम्मपुनर्निर्माणका क्षेत्रमाभएको प्रगति समेटिएको सामग्री प्रस्तुतगर्नुभयो ।
(उक्त सामग्री यसै साथ संलग्न छ) 

कार्यक्रममापुनर्निर्माणका विभिन्न क्षेत्रमा संलग्नभई प्रतिबद्धताअनुसार कार्य सम्पन्न गरेका गैरसरकारी संस्थाहरुलाई अभिनन्दनगरिएको थियो भने प्राधिकरणका१२ कर्मचारीलाई पनिप्रशंसा–पत्रवितरण पनिगरिएको थियो ।

कार्यक्रमप्राधिकरणका उपसचिवतथा सह–प्रबक्ता डा. भीष्मकुमार भूसाल र उपसचिवविनब्रजाचार्य कुँवरले संचालनगर्नु भएको थियो । 


 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed