पुनर्निर्माण अपडेट

पुनर्निर्माणमा बजेट अभाव हुन दिन्र्नौ : सिइओ पोखरेल

प्रकाशित मिति: २०७४-६-५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले भूकम्पपछिको पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने बताउनु भएको छ । काभ्रेको पाँचखाल १२ स्थित आँपघारीमा नव निर्मित बिद्यालय भवनको उद्घाटन समारोहलाई बुधवार सम्बोधन गर्दै सिइओ पोखरेलले पुनर्निर्माण अभियानलाई सक्दो छिटो पुर्णता दिन प्राधिकरणले स्रोत साधनको अभाव हुन नदिने बताउनुभयो ।
प्राविधिक जनशक्तिको अभाव नै पुनर्निर्माणको मुख्य चुनौती भएको बताउँदै सिइओ पोखरेलले सरकार, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र आम जनसहभागितामा पुनर्निमाणलाई समयमै सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले दोस्रो किस्ता लिएर धमाधम घर पुनर्निर्माणमा लाग्न आग्रह गर्दे रकम अभाव हुन नदिन जिल्लाहरुमा अग्रिम रुपमै ५३ अर्ब रुपैया पठाइसकिएको जानकारी दिनुभयो ।
पुनर्निर्माणमा देखिएका कठिनाईलाई सहज बनाउन थुप्रै कार्यविधि र नीतिगत सुधार गरिएको छ , डा. पोखरेलले भन्नुभयो, घर जनताले नै बनाउने हो, सरकारले त नीति बनाएर पुनर्निर्माणमा सहजीकरण र समन्वय गर्छ ।
प्राधिकरणका सहसचिव कृष्णप्रसाद दवाडी, शहरी बिकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख टपेन्द्र खड्काको टोलीसहित काभ्रे पुग्नुभएका सिइओ पोखरेलले जिल्लामा पुनर्निर्माण हुँदै गरेका घरको अनुगमन गर्नुका साथै भूकम्प पिडितहरुसँग अन्तरक्रिया गर्नुभएको थियो ।
डा. पोखरेलले प्रक्रियामुखी भन्दा पनि परिणाममुखी भएर काम गर्न जिल्लास्थित सरोकारवाला निकायका अधिकाहरुलाई निर्देशन दिनुभयो ।

 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed