पुनर्निर्माण अपडेट

पाँच जिल्लामा ९९ इञ्जिनियर परिचालित

प्रकाशित मिति: २०७४-४-३१

राष्ट्रिय पुनर्निमाण प्राधिकरणले निजी आवास निर्माण सम्बन्धमा लाभग्राही सूचीमा नपरेको भनी गुनासो दर्ता गरेका लाभग्राहीको छुट तथा पुनः सर्वेक्षणका लागि पाँचवटा जिल्लामा ९९ इञ्जिनियर परिचालन गरेको छ ।

जिल्ला     इञ्जिनियरको संख्या
दोलखा     २६
गोरखा    २८
नुवाकोट    १६
रामेछाप    २४
रसुवा        ५

प्राधिकरणले अति प्रभावित १४ जिल्लामा कूल ३३२ इञ्जिनियर परिचालन गर्दैछ । उनीहरुले प्राधिकरण केन्द्रमा दर्ता भएका करिब १ लाख २८ हजारवटा गुनासाको पुनः सर्वेक्षण गर्नेछन् । पुनः सर्वेक्षण भदौ ३१ सम्म सक्ने प्राधिकरणले लक्ष्य छ ।
प्राधिकरणले यसरी गुनासो दर्ता गराएका भूकम्प प्रभावितलाई आफ्नो क्षेत्रमा खटिएका इन्जिनियरहरुबाट आफ्नो भत्केको घरको पुनःजाँच तथा पुनःसर्वेक्षण गराई अनुदान पाउने प्रक्रियाबाट बिमुख नहुन अनुरोध गरेको छ ।
तथापि, गुनासो दर्ता नगरेका घरधुरीको भने यसपटक पुनःसर्वेक्षण हुनेछैन । थप जानकारी लागि प्राधिकरणको टोल फ्रि नम्वर १६६००१७२००० वा ९८०१५७२१११ मा सम्पर्क गर्न प्राधिकरणले प्रभावित तथा अन्य सरोकारवालालाई आग्रह गरेको छ ।
प्राधिकरणको केन्द्रसम्म आएका दुई लाख ७ हजार आठ सय ६१ गुनासामध्ये ३९ हजार ९७ लाभग्राही सूचीमा परेका छन् भने १३ हजार ५ सय ६५ प्रवलीकरण सुचीमा परेका छन् ।

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed