पुनर्निर्माण अपडेट

प्रधानमन्त्री देउवाद्धारा ‘बाढीपछिको पुनर्स्थापना आवश्यकता आंकलन’ सार्वजनिक

प्रकाशित मिति: २०७४-७-२८

प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्ष बाढीले पु¥याएको क्षतिको विवरण तथा पुननिर्माणमा लाग्ने अनुमानित खर्च समेटिएको ‘बाढीपछिको पुनर्स्थापना आवश्यकता आंकलन’ प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा राष्ट्रिय योजना आयोगले तयार पारेको यो प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले सबैको सहयोग लिएर तराईमा बाढीबाट भएको क्षतिको छिटो छरितो ढंगले पुनर्निर्माण गर्ने बताउनुभयो ।
उहाँले तत्काल बाढी पीडितको पुर्नस्थापना र पुनर्निर्माणका लागी काम अघि बढाइने बताउनुभयो ।
प्रतिवेदनअनुसार बाढीबाट ६१ अर्ब ८४ करोड ४८ लाख नेपाली रुपैयाँ बराबरको क्षति पुगेको छ । बाढीले पु¥याएको क्षतिको पुनर्स्थापनाका लागि करिब ७३ अर्ब २२ करोड ४८ लाख नेपाली रुपैयाँ आवश्यक हुने देखिएको छ ।
प्रतिवेदनमा ‘सामाजिक क्षेत्रतर्फ आवास, स्वास्थ्य र शिक्षा, उत्पादनमूलक क्षेत्रमा कृषि, पशुपक्षी र सिँचाइ तथा पूर्वाधारतर्फ यातायात, खानेपानी र ऊर्जामा भएको क्षतिको मूल्यांकन गरिएको छ । बाढीका कारण निजी आवासमा सबैभन्दा बढी १९ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।
त्यस्तै, सिँचाइमा १७ अर्ब ५० करोड, पशुपक्षीमा १० अर्ब ७ करोड, कृषिमा ७ अर्ब २ करोड, यातायातमा दुई अर्ब नौ करोड र शिक्षामा एक अर्ब दुई करोड रुपैयाँको क्षति मूल्यांकन गरिएको छ ।
प्रतिवेदनमा पुनर्निर्माणका लागि सुझावसमेत समेटिएको छ । पुनर्निर्माणका लागि तीन वर्षको अवधिमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनर्स्थापना रणनीति अवलम्बन गर्न सुझाव दिइएको छ ।
बाढीपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत एक विशेष एकाइ गठन गरि त्यसको प्रमुखमा डा. सुमन कुमार कर्णलाई सरकारले नियुक्त गरिसकेको छ ।
यही वर्षको साउनदेखि २७ देखि ३० मा नेपालमा लगातारको भीषण वर्षापछिको व्यापक बाढीले ३५ जिल्ला प्रभावित बनाएको थियो । बाढीबाट १८ जिल्लामा ९० पुरुष र ४४ महिला गरी १३४ को ज्यान गएको थियो । ८ लाख ६६ हजार ९९३ पुरुष र आठ लाख २१ हजार ४८० महिला गरी १७ लाख जनसंख्या प्रभावित भएका थिए ।
आजै सार्वजनिक प्रतिवेदनको सार यसै साथ संलग्न गरिएको छ ।

प्रतिबेदन Download गर्न यो लिंकमा जानुहोस >>

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed