पुनर्निर्माण अपडेट

डिजाइन र लागत स्वीकृत गराएर मात्र पुनर्निर्माण कार्य अघि बढाउन निर्देशन

प्रकाशित मिति: २०७४-१०-८

माघ ८ 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विपद् पश्चायतको पुर्नलाभ कार्यढाँचा (PDRF) भित्र रहेका आयोजना मध्ये वास्तविक पुनर्निर्माण गर्नुपर्ने  आयोजनाको मात्र Drawing Design र लागत स्वीकृत गराएर पुनर्निर्माण कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 
भूकम्पबाट क्षतिग्रस्त(PDRF)भित्र रहेका सम्बन्धित आयोजनाहरुको हालसम्म सम्पन्न भएको प्रगति विवरण र आगामी योजनावारे छलफल गर्न सोमवार बोलाइएको कार्यशाला गोष्ठीमा प्राधिकरणका सचिव मधु सुदन अधिकारीले पुनर्निर्माण गर्ने संरचनाको डिजाईन, लागत र खरिद गुरुयोजना प्राधिकरणबाटै स्वीकृत गराएर वित्तिय अनुशासनको पुर्ण पालना गर्न निर्देशन दिनुभयो ।  
बैठकमा सहभागी विभिन्न सरकारी निकायका प्रतिनिधीहरुलाई सम्बोधन गर्दै सचिव अधिकारीले भन्नुभयो : “ सिमित स्रोत साधन भएकाले आयोजनाको प्राथमिकीकरण गरेर पुनर्निर्माणको काम अघि बढाउनुहोस र नीति बाहिर गएर कार्यक्रम पेश नगर्न पनि सवैलाई प्राधिकरणको आग्रह छ ।" 
उहाँले भूकम्प पीडितहरुको समस्यासँग बढी सम्बन्ध राख्ने आयोजनालाई उच्च प्राथमिकता,  उच्चस्तरको समन्वय र भूकम्पबाट क्षतिग्रस्त आयोजनाको मात्र पुनर्निर्माण गर्ने गरी कार्यक्रम पेश गर्नुका साथै आगामी आर्थिक बर्षको तयारी अहिलेदेखि नै शुरु निर्देशन दिनुभयो । 
भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणको मात्र नभई राष्ट्रकै सर्वोच्च प्राथमिकतामा रहेको बिषयमा ध्यान पु¥याउन समेत सचिव अधिकारीले सम्बन्धित सवैलाई आग्रह गर्नुभयो । 
कार्यशाला गोष्ठीमा गृह, रक्षा, कृषि,सूचना तथा संचार, खानेपानी तथा सरसफाई, पशुपंक्षी विकास, बन, सिचाई, भौतिक, स्थानिय बिकास, शिक्षा, शहरी बिकास मन्त्रालयका साथै तीन वटै सुरक्षा निकायका प्रतिनिधी लगायतको उपस्थिीति थियो ।
सो क्रममा गोष्ठीमा सहभागी प्रतिनिधीहरुले गत आर्थिक बर्ष र चालू आर्थिक बर्षसम्म सम्पन्न भएका आफ्नो मातहतका आयोजनाहरुको प्रगति विवरण र आगामी योजनावारे जानकारी गराएका थिए । 
बिनियोजन बजेट पर्याप्त नहुँदा कतिपय आयोजनाको पुनर्निर्माणमा ढिलाई भएको भन्दै सहजीकरण गरिदिन समेत उनीहरुले प्राधिकरणको ध्यानाकर्षण गराएका थिए । 


 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed