पुनर्निर्माण अपडेट

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सचिवद्वारा पदभार ग्रहण

प्रकाशित मिति: २०७५-१-६

काठमाडौं, बैशाख ६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीले पदभार ग्रहण गर्नु भएको छ । बुधबार बिहान पदभार ग्रहण गरेलगत्तै सचिव कार्कीले प्राधिकरणमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनु भयो । 

औसत प्रयास र क्षमताले पुनर्निर्माण कार्य अगाडि बढाउन संभव नभएको उल्लेख गर्दै सचिव कार्कीले भन्नुभयो, ‘सामान्य अवस्थाभन्दा भिन्न ढंगले काम हुनुपर्छ भनेर नै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको हो ।’

राज्यले गरेको शीघ्र, अझ सुरक्षित र अझ मजबुद पुनर्निर्माणको वाचा पूरा गर्ने दायित्व प्राधिकरणको संयन्त्रणमा भएकोले सोही अनुसार दत्तचित्त भएर लाग्न पनि उहाँले निर्देशन दिनु भयो । 

सो अवसरमा प्राधिकरणका सहसचिव यम लाल भूसालले समग्र पुनर्निर्माण र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूवार्धार, भवन तथा शिक्षा) का आयोजना निर्देशकहरुले आ–आफ्ना इकाईको पछिल्लो प्रगति अवस्थाबारे रिपोर्टिङ गर्नु भएको थियो ।  

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed