English

जापानी राजदूतद्धारा प्राधिकरणका सिइओसँग शिष्टाचार भेट

प्रकाशित मिति:२०७४-०३-३०

नेपालका लागि जापानका राजदूत माससी ओगावाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्द राज पोखरेलसँग शिष्टाचार भेट गर्नुभएको छ । शुक्रबार प्राधिकरण केन्द्रीय कार्यालयमा भएको भेटमा राजदूत ओगावाले सम्पदा क्षेत्रमा भइरहेको पुनर्निर्माण प्रगतिबारे चासो राख्नुभएको थियो । 
त्यसक्रममा राजदूत ओगावाले काठमाडौँ र पाटन दरबार स्क्वारको पुनर्निर्माण जापानले प्रदान गरेको आर्थिक सहयोगबारे चासो राख्नुभएको थियो । त्यस्तै, राजदूत ओगावाले जापानी सहयोग नियोग जाइकाले गरिरहेका पुनर्निर्माणको बारेमा समेत सिइओ पोखरेलसँग छलफल गर्नुभयो । जाइकाले नेपालको विद्यालय पुनर्निर्माणमा सहयोग गरिरहेको छ । 
उक्त अवसरमा सिइओ डा. पोखरेलले पुनर्निर्माणमा पछिल्लो समय उल्लेख्य प्रगति भएको जानकारी दिँदै आगामी आर्थिक वर्ष पुनर्निर्माणमा निकै उल्लेखनीय हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, उहाँले पुनर्निर्माणमा जनशक्तिको अभावबारे चर्चा गर्दै प्राविधिक जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग विस्तार गर्न आग्रह गर्नुभयो । 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority