English

काभ्रेको फलामेमा १५० वटा भूकम्प प्रतिरोधी घर स्थानियलाई हस्तान्तरण

प्रकाशित मिति:२०७४-०३-२०

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेलले जस्तो सुकै राजनीतिक दवाव आएपनि मापदण्ड बिपरित बनेका घरलाई सरकारी अनुदान दिन नसकिने स्पष्ट पार्नुभएको छ । 
काभ्रेको पनौतीस्थित फलामेमा Samaritan's Purse International Relief ले निर्माण गरेका १ सय ५० वटा भूकम्प प्रतिरोधी घर हस्तान्तरण कार्यक्रमलाई सोमवार सम्वोधन गर्दै सिइओ पोखरेलले भविष्यमा आफ्नै पुस्तालाई क्षति पुग्ने गरि कमजोर संरचना निर्माणमा कसैले पनि सम्झौता गर्न नहुने बताउनुभयो । 
सरकारको मापदण्ड र प्रक्रिया पुरा गर्ने लाभग्राहीले सरकारबाट निजी आवास निर्माणमा ३ लाख रुपैया अनुदान पाउदै आएका छन् । 
पोखरेलले भन्नुभयो ः “आवास निर्माणमा पैशाको कमी छैन, इन्जिनियर साथीहरु गाँउगाँउमा हुनुहुन्छ, जनताले आफ्नो घर आफै बनाउने हो, त्यसैले अनुदान लिएर दिगो संरचनामा निर्माणमा बिशेष ध्यान दिनहोस । ” 
अवको बर्खा सकिने बेलासम्म करिब डेढ लाख घर निर्माण भइसक्ने दावी गर्दै पोखरेलले स्थानिय जनप्रतिनिधीसँग समन्वय गरेर जनताले पुननिर्माणको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।  
कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले निजी आवास पुननिर्माणमा कनै कुराको कमी नभएको भन्दै आफ्नो घर आफै बनाउन जनता अग्रसर हुनुपर्ने बताउनुभयो । “सवै कुरामा सरकारको मुख ताकेर हुदैन सिंखडाले भन्नुभयो, जनतालाई ३ लाख अनुदान दिएर राज्यले आफ्नो उपस्थिीति देखाउने हो, तर घर निर्माण जनताले नै गर्ने हो । 
झुठो विवरण देखाएर अनुदान लिने तर घर नबनाउनेलाई राज्यले कारवाही गर्ने भन्दै उहाँले जिल्लामा कतिपय गैरलाभग्राहीले पहिलो किस्ता  फिर्ता गरिरहेको जानकारी दिनुभयो । 
पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले पुनर्निर्माणका लागि आवश्यक समन्वय गरेर 
सवैले संरचना निर्माणमा जोड दिएर अघि बढ्ने उल्लेख गर्नुभयो । 
पनौतीस्थित फलामेमा १ सय ४७ वटा अर्थब्याग घर र थप ३ वटा नमुना घर निर्माण गरेको उक्त संस्थाले मेथिनकोटमा थप २ सय ३ ओटा अर्थब्याग घर निर्माण गरिसकेको छ । 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority