English

पुनर्निर्माणमा खटिएका इञ्जिनियरलाई तालिम

प्रकाशित मिति:२०७४-०३-२०

राष्ट्रिय पुनर्निर्माण प्राधिरकणले भूकम्प अतिप्रभावित ११ वटा जिल्लामा पुनर्निर्माणका लागि खटिएका इञ्जिनियरहरुलाई पुनः जाँच तथा पुनः सर्वेक्षणसम्बन्धी तालिम संचालन गरिरहेको छ । 
गुनासो सुनवाईमार्फत् पुनः जाँच तथा पुनः सर्वेक्षण गर्नु पर्ने भनी पहिचान गरिएका भूकम्प पीडित घरपरिवारहरुको लगत संकलन सुरु हुनुअघि यस्तो तालिम संचालन गरिएको हो । 
भूकम्प अतिप्रभावित काठमाडौं उपत्यकाबाहेकका ११ जिल्लाका सदरमुकाममा हुने यस्ता तालिममा जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) मा कार्यरत इञ्जिनियर तथा सव–इञ्जिनियरलाई प्राधिकरणका अधिकारीहरु तथा विज्ञहरुले तालिम दिनेछन् । 
असार १७ र १८ गते यसप्रकारको तालिम सिन्धुपाल्चोक, धादिगं, नुवाकोट, रामेछाप तथा काभ्रेपलाञ्चोकमा सम्पन्न भइसकेको छ । दोस्रो चरणमा असार २० र २१ गते गोरखा, रसुवा, दोलखा, ओखलढुंगा र सिन्धुलीमा हुनेछ । त्यस्तै तेस्रो चरणमा असार २२ र २३ गते मकवानपुरमा हुनेछ । 
यी सबै जिल्लाका करिब एक हजार इञ्जिनियर तथा सव–इञ्जिनियरले यसक्रममा तालिम हासिल गर्नेछन् । 
प्राधिकरणले यो तालिमपछि उपर्युक्त मिति निश्चित पुनः जाँच तथा पुनः सर्वेक्षण गर्नु पर्ने भनी पहिचान गरिएका भूकम्प पीडित घरपरिवारहरुको लगत संकलन गर्नेछ । 
 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority