English

एनआरएनएले भूकम्पपीडितलाई छात्रवृत्ति दिन कोष

प्रकाशित मिति:२०७४-०३-०१

गैरआवासीय नेपाली संघ (एनआरएनए), थाइल्यान्डले भूकम्पपीडितलाई प्राथमिकता दिनेगरी ३५ लाख ८९ हजार ९ सय ९९ रुपैयाँको अक्षय कोषबाट ‘नागरिक छात्रवृत्ति’ स्थापना गरेको छ । 
कोषले प्रत्येक वर्ष ८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । पहिलो पाँच वर्ष भने भूकम्प प्रभावित विद्यार्थीलाई प्राथमिकता दिइने ढकालले जानकारी दिए । 
उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा संघका थाइल्यान्ड अध्यक्ष खगेन्द्रराज ढकालले बुधबार काठमाडौंमा उक्त रकमको चेक हस्तान्तरण गरे ।
त्यस्तै, उक्त कार्यक्रममा २३ देशका ३० विश्वविद्यालयका ४० इन्जिनियरिङ स्वयंसेवकहरू गोरखाको लाप्राक जाने घोषणा गरिएको छ । त्यहाँ एनआरएनएले भूकम्पपीडितका लागि ५ सय ७३ नमूना घर बनाइरहेको छ । स्वयंसेवीहरू नेपाललगायत अस्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानाडा, फिनल्याण्ड, ग्रीस, भारत, इरान, आयरल्याण्ड, लेबनान, नर्वे, पोल्याण्ड, स्लोभाकिया, स्पेन, स्वीडेन, स्वीजरल्याण्ड, नेदरल्याण्ड, टर्की र बेलायतका रहेका छन् ।
उक्त कार्यक्रममा प्राविधिक दक्ष विद्यार्थीका लागि अन्तर्राष्ट्रिय महासंघसमेत घोषणा गरियो । महासंघ ७० वर्षदेखि गैरनाफामूलक ढंगले ८८ भन्दा बढी देशमा सञ्चालित छ । यसले विज्ञान, इन्जिनियरिङ, प्रविधि र एप्लाइड आर्टस् विषयका पढाइका अन्त्यमा ट्रेनिसिप छात्रवृत्ति प्रदान गर्छ । 


 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority