English

प्राधिकरणका सिइओ पोखरेल र जर्मनका कार्यवाहक राजदुतबीच भेटवार्ता

प्रकाशित मिति:२०७४-०२-२९

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल र नेपालस्थित जर्मनी कार्यवाहक राजदुत ज्याक्लीन ग्रोथबीच सोमवार भेटवार्ता भएको छ । सिहदरवारमा भएको भेटमा राजदुत ग्रोथले सम्पदा पुननिर्माणमा आफ्नो मुलुकले गर्ने सहयोगवारे छलफल गर्नुभएको थियो । भेटमा कार्यवाहक राजदुत ग्रोथले भक्तपुरका विभिन्न ऐतिहासिक सम्पदा पुनर्निर्माणमा आफुहरुले चासो देखाएपनि विविध कठिनाईका कारण प्रक्रिया अघि बढ्न नसकेको गुनासो गरेकी थिइन । सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले सम्पदा पुनर्निर्माणका लागि विभिन्न विकास साझेदार संस्थाले प्रतिवद्धता जनाएको भन्दै जर्मनीले नेपालको पुनर्निर्माणमा देखाएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो । डा. पोखरेलले थापाथलीदेखी टेकुसम्म बाग्मती नदी किनारमा भूकम्पले क्षति पु¥याएका सम्पदा पुनर्निर्माणमा सहयोग केन्द्रित गर्न सकिने सुझाव जर्मन टोलीलाई दिनुभएको थियो । भेटमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल लगायतको टोली पनि सहभागी थियो । 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority