English

जेठ मसान्तसम्म दोस्रो किस्ता लिन लाभग्राहीलाई आग्रह

प्रकाशित मिति:२०७४-०१-३०

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुस मसान्तसम्म निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता लिइसकेका भूकम्पपीडित लाभग्राहीलाई आगामी जेठ मसान्तसम्म दोस्रो किस्ता लिने प्रक्रिया शुरु गर्न अनुरोध गरेको छ ।
निजी आवास निर्माणका लागि आवश्यक रकम जिल्लामा पठाइसकेकाले भूकम्प पीडित लाभग्राहीलाई जतिसक्दो छिटो दोस्रो किस्ता भुक्तानीका लागी आवेदन दिन प्राधिकरणले आग्रह गरेको हो ।
पहिलो किस्ता बुझेर पनि दोस्रो किस्ता लिन आवेदन दिने लाभग्राहीको सख्ंया अपेक्षाकृत रुपमा बढ्न नसकेपछि प्राधिकरणको कार्यकारी समितिको बैठकले समय तोकेरै भूकम्पपीडित लाभग्राहीलाई दोस्रो किस्ता लिने प्रक्रिया शुरु गर्न आग्रह गरेकोे हो ।  अनुदान वितरणका लागि १५ अर्ब रुपैयाँ विभिन्न जिल्लामा तयारी अवस्थामा छ । 
भूकम्प अतिप्रभावित १४ जिल्लाका ४ लाख ५२ हजार ४ सय ९० घरधूरीले पुसमै पहिलो किस्ताको अनुदान लिइसकेका थिए । तर, पहिलो किस्ता लिएको अनुपातमा लाभग्राहीले घर पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता लिन पहल गरिरहेका छैनन् ।  
यसअघि, प्राधिकरणले पहिलो किस्ता लिएका घर परिवारलाई मापदण्डअनुसार जग राखी यथाशीघ्र दोस्रो किस्ता लिन अपिल गरेको थियो भने मापदण्ड र प्रक्रिया पूरा गरी घर पुनर्निर्माण सम्पन्न गर्ने लाभग्राहीलाई एकमुष्ठ अनुदान दिने निर्णय गरेको थियो । 
 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority