English

पुनर्निर्माणबारे ‘सुरक्षित घर’ मोबाइल एप्स

प्रकाशित मिति:२०७४-०१-२८

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सन्देशहरु, आवश्यक जानकारी, अडियो भिडियो सामग्रीहरु अब मोबाइल एप्सबाट पनि पाउन सकिने भएको छ । प्राधिकरणका लागि बिल्ड चेञ्ज (Build Change) ले निर्माण गरेको ‘सुरक्षित घर’ बाट ती जानकारी लिन सकिनेछ । 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द राज पोखरेलले मंगलबार यो एप्सको शुभारम्भ गर्नुभएको हो ।
यो एप्सबाट भूकम्प प्रतिरोधक भवन निर्माण बारे सूचना, सुझाव र समाधानका उपायहरु पनि प्राप्त गर्न सकिन्छ । एप्समा सरकारी स्तरबाट पारित घरका डिजाइनहरुका साथै वडा स्तरबाट सरकारी मान्यतासहित तालिमप्राप्त जनशक्ति (सिकर्मी, डकर्मी) र विभिन्न विभागबाट खटिएका प्राविधिहरुको सूची पनि समाविष्ट छ । 
एप्समा सरकारी अनुदान लिने प्रक्रिया, पालना गर्नुपर्ने नियम तथा विधिका बारेमा अडियो र भिडियोमार्फत् जानकारी प्राप्त गर्न सकिन्छ । अडियोभिडियो सामग्रीबाट निरक्षर लाभग्राहीले पनि जानकारी हासिल गर्न सक्छन् । 
त्यसका साथै, एप्समा निर्माण शैलीहरु, निर्माणस्थलको सुरक्षा, विभिन्न जनशक्तिको सम्पर्क विवरण तथा प्राविधिक सहायता समेत उपलब्ध छ । एप्समार्फत् लाभग्राहीले आफ्ना समस्या राख्न सक्नेछन् जसको प्राधिकरणका अधिकारी र विज्ञ तथा प्राविधिकले जवाफ दिनेछन् ।
यो मोबाइल एप्स भूकम्प प्रभावित घर धनीहरुलाई सुरक्षित रुपमा आफ्ना घरहरु पुनर्निर्माण र नवनिर्माण गर्न प्राविधिक सहयोग र जनचेतना प्रदान गर्न विकसित गरिएको बिल्ड चेञ्जको दाबी छ ।
एप्स निःशुल्क उपलब्ध छ र एकपटक डाउनलोड गरेपछि इन्टरनेटविना पनि चलाउन सकिन्छ ।   

एप्स  डाउनलोड गर्न यो लिंक मा जानुहोस  सुरक्षित घर लिंक

 

 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority