English

विभिन्न संरचना निर्माण गर्न सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय

प्रकाशित मिति:२०७४-०१-२४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोरखाको साविक लाप्राक गाविसमा सार्वजनिक संरचना निर्माणका लागि १७ सय ६६ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । प्राधिकरणको ६२ औं कार्यकारी समितिको बैठकले घाँसे झाडीसहित वन क्षेत्रफल उपलब्ध गराउने निर्णय गरेको हो ।
सार्वजनिक संरचना निर्माणका लागि गोरखाबाट सिफारिस भइ आएअनुसार करिब १८ सय रोपनी क्षेत्रफल भएको वन क्षेत्र उपलब्ध गराउने निर्णय गरिएको हो  । भूकम्पबाट प्रभावित व्यक्तिको पुनर्वास तथा स्थानान्तरणका लागि वन क्षेत्रको जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७३ को दफा ५ बमोजिम यो निर्णय भएको हो ।
उक्त जग्गा माध्यमिक विद्यालय, लाप्राक अस्पताल, स्वास्थ चौकी, गुम्बा, पानी ट्यांकी, गाउँपालिका भवन र प्रहरी चौकी निर्माणका लागि प्रयोग हुनेछ ।
त्यसैगरी बैठकले कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्माको अध्यक्षतामा गठित समितिले दिएको प्रतिवेदनबमोजिम रसुवा जिल्लाका साविक लाङटाङ तथा हाकु (सानो हाकु, ठूलो हाकु र हाकुवेसी) गाविसमा अनुदान सम्झौता प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
भूकम्पलगत्तै भएको प्रारम्भिक भौगर्भिक अध्ययनले ती क्षेत्रलाई जोखिमयुक्त भनेपछि त्यहाँ अनुदान सम्झौता प्रक्रिया अघि बढ्न सकेको थिएन । 
हालै सम्पन्न विस्तृत अध्ययनले मानव बस्तीका लागि ती स्थान जोमिखयुक्त नभएको पहिचान गरेपछि निजी आवास निर्माणका लागि अनुदान सम्झौता अघि बढाउन प्राधिकरणलाई बाटो खुलेको हो ।
यसका साथै, साविक लाङटाङ र हाकु गाविसका जोखिमयुक्त भनी पहिचान भएका वस्तीलाई भने प्राधिकरणले जतिसक्दो चाँडो स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइसकेको छ । 
देशका १११ भन्दा बढी वस्ती सार्नुपर्ने प्राधिकरणले ठहर गरिसकेको छ । प्राधिरकणले यस्ता जोखिमयुक्त बस्तीका लाभग्राहीलाई सुरक्षित स्थानमा घडेरी खरिद गर्न दुई लाख रुपैयाँ उपलब्ध गराउन मन्त्रीपरिषद्समक्ष सिफारिस गरिसकेको छ । 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority