English

प्राचीन वस्ती संरक्षणका लागि सुझाव दिन कार्यदल

प्रकाशित मिति:२०७४-०१-१९

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका प्राचीन वस्तीहरुको सम्पदा संरक्षण तथा व्यवस्थापनका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ । 

प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको प्राधिकरणको ६२ र्आैं कार्यकारी समितिको बैठकले साँखु, खोकना र बुङमतीका प्राचीन वस्तीहरुमा त्यस्ता सम्पदाको संरक्षण तथा व्यवस्थापनका लागि सुझावसहितको प्रतिवेदन १५ दिनभित्र तयार गर्न कार्यदल गठन गरेको हो ।

कार्यकारी समिति सदस्य ध्रुवप्रसाद शर्माको संयोजकत्वमा सदस्य डा.हरिराम पराजुली समेत सम्मिलित कार्यदलले आवश्यक अध्ययन गरी १५ दिनभित्रमा प्राचीन वस्तीहरुको सम्पदा तथा व्यवस्थापनका लागि गर्न सकिने उपायसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाउने छ । कार्यदलको सुझावका आधारमा प्राधिकरणको कार्यकारी समितिले थप नीतिगत निर्णय गर्ने  छ।

भूकम्पबाट क्षति पुगेका पुरातात्विक सम्पदा एवं ऐतिहासिक धरोहरलाई संरक्षण गर्ने नीतिअनुसार प्राधिकरणले राणाकालीन दरवारलाई विज्ञहरुको राय लिएर भरसक प्रबलीकरण गरी पुनर्निर्माण गर्ने भनी सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरिसकेको छ । 

प्राधिकरणले यसअघि पुरातात्विक सम्पदा पुनर्निर्माणमा केही समय लाग्ने भएकाले तत्काल त्यस्ता संरचनालाई हावा हुरी, घामपानीबाट थप क्षति हुन नदिने व्यवस्था मिलाउन सरोकारवाला निकायलाई निर्देशन दिइसकेको छ ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority