English

भूकम्पको दोस्रो बार्षिकीको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन

प्रकाशित मिति:२०७४-०१-११

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विनाशकारी भूकम्प गएको दोस्रो बार्षिकीको पूर्वसन्ध्यामा सोमबार पत्रकार सम्मेलन आयोजना गरेको छ । पुनर्निर्माणको क्षेत्रमा हालसम्म भएका प्रगति, आगामी दिनको कार्यदिशा, नीतिगत सुधारका प्रयास आदिबारे संचारजगतमार्फत् सबैलाई जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

प्राधिकरणको हलमा आयोजित सम्मेलनमा संचारकर्मीले राखेका जिज्ञासाको प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द राज पोखरेल, सचिव डा. संजय शर्मा, सहसचिव कृष्ण दवाडीले जवाफ दिनुभयो ।

संचारकर्मीका जिज्ञासाको जवाफ दिदै प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द राज पोखरेलले पुननिर्माणका मुख्य चुनौतीमा जनशक्तिको अभावलाई औंल्याउँदै विकास साझेदार, गैरसरकारी संघ, संस्था तथा अन्य विभिन्न निकायलाई प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरिएको बताउनुभयो ।

कार्यक्रममा हालसम्मका प्रगति तथा अगामी कार्ययोजनाबारे प्राधिकरणका प्रवक्ता यमलाल भुषाल तथा सह-प्रवक्ता डा. भीष्म कुमार भुषालले प्रस्तुति दिनुभएको थियो ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority