English

आवास निर्माणका लागी भूकम्प कम प्रभावित १७ जिल्लामा पहिलो किस्ता बितरण शुरु

प्रकाशित मिति:२०७३-१२-२१


राष्ट्रिय पुर्नर्निर्माण प्राधिकरणले भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये कास्कीबाट  निजी आवास निर्माणका लागी अनुदानको पहिलो किस्ता बितरण शुरु गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेलले कास्कीको लुम्ले गाविस हालको अन्नपुर्ण गाँउपालिका अन्र्तगत वडा नम्वर ६ र ७ मा लाभग्राही सूचिमा परेका ५० घरधुरीलाई ५० हजारका दरले अनुदानको पहिलो किस्ता बितरण शुरु गर्नुभएको हो । प्राधिकरणले अन्नपुर्ण गाँउपालिबाट लाभग्राही सूचिमा परेका १ सय ६१ मध्ये आज पहिलो दिन ५० घरधुरीलाई २५ लाख रुपैया बितरण गरेको हो । अनुदान रकम बुझ्दै लाभग्राहीले पहिलो किस्ता लिएर शिघ्र घर पुनर्निर्माणको काम शुरु गर्ने बताए । उक्त अवसरमा प्राधिकरणका सिइओ पोखरेलले घर पुनर्निर्माणका लागी बितरण गरिएको अनुदान रकम सदुपयोग गर्न आग्रह गर्दै प्राधिकरणकातर्फबाट दोस्रो र तेस्रो किस्ता बितरणमा पनि कुनै ढिलाई नहुने प्रतिबद्धता जनाउनुभयो । पोखरेलले भन्नुभयो  तपाईहरुले सरकारी मापदण्ड र प्रक्रिया पु¥याएर घरको जग हाल्नुहोस हाम्रो तर्फबाट थप अनुदान बितरणमा कुनै बिलम्व हुने छैन, सक्नेले भूकम्प प्रतिरोधी घर बनाएर एक मुष्ठ रकम लिन चाहे त्यसमा पनि कुनै ढिलाई गरिने छैन । लाभग्राहीले जतिसक्दो छिटो प्रक्रिया र मापदण्ड पु¥याएर घर निर्माण सम्पन्न गर्न चाहेको भन्दै मापदण्ड र प्रक्रियालाई पहिलो प्राथमिकता दिएर पुर्ननिर्माण शुरु गर्ने बताएका थिए । प्राधिकरणले आगामी चैत्र २७ गतेदेखी बैशाख २ गतेसम्म भूकम्प कम प्रभावित थप १६ जिल्लामा पनि अनुदान बितरण शुरु गर्ने सिइओ पोखरेलले जानकारी दिनुभयो । प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा ९८ प्रतिशत लाभग्राहीलाई पहिलो किस्ता बितरण गरिसकेको छ ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
अनुदान पाउने छनौट सूचीमा परेका घरधनीको नामावली
image
भिडियो
National Reconstruction Authority