English

प्राधिकरणका सिइओ पोखरेल र अमेरिकी राजदुतबीच भेटवार्ता

प्रकाशित मिति:२०७३-११-२७

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेल र अमेरिकी राजदुत Alaina B. Teplitz बीच शुक्रवार सिहदरवारमा भेटवार्ता भएको छ । करिब पौने घण्टा भएको भेटमा उहाहरुबीच भूकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापनाका लागी अमेरिकी सहयोग लगायतका बिषयमा कुराकानी भयो । भेटमा अमेरिकी राजदुत Teplitz ले भूकम्पपिडितहरुको पुर्नस्थापना र पुनर्निर्माणमा भइरहेको प्रगतिवारे चासो राख्नुभएको थियो । सो क्रममा प्राधिकरणका सिइओ पोखरेलले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण कार्यलाई तिव्रता दिने प्रयास गरिरहेको भन्दै सामाजिक र आर्थिक पुनर्निर्माणको बिषयलाई पनि आफुले अघि बढाउन चाहेको उल्लेख गर्नुभयो । उहााले प्राविधिक जनशक्तिको अभावमा अझैपनि ग्रामिण भेगमा भूकम्प प्रतिरोधी घर बनाउन समस्या देखिएकाले बिकास साझेदार संस्थासाग समन्वय र सहकार्य गरेर प्राविधिक जनशक्तिलाई प्रत्येक गाविसमा पुर्‍याउने प्रयास भइरहेको बताउनुभयो । सो अवसरमा राजदुत टेप्लिजले भूकम्पपछिको पुनर्निर्माणका लागी अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभयो । सिइओ पोखरेलले भूकम्पपछि पुनर्निर्माणका साथै प्रभावित क्षेत्रका बासिन्दाको जिविकोपार्जनका लागी सिप बिकासको कार्यक्रम बिस्तार गर्ने कार्यमा सहयोग गर्न समेत राजदुतलाई आग्रह गर्नुभयो ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
अनुदान पाउने छनौट सूचीमा परेका घरधनीको नामावली
image
भिडियो
National Reconstruction Authority