English

प्राधिकरणका सिइओ पोखरेल र इजरायलका राजदुतबीच भेटवार्ता

प्रकाशित मिति:२०७३-११-१०

आज मिति २०७३।११।१० गते मंलगलबारका दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतज्यूको कार्यकक्षमा प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलज्यू र नेपालका लागि इजरायलका राजदूत महामहिम Yaron Mayer बिच शिष्टाचार भेटघाट सम्पन्न भयो । उक्त भेटमा नेपालमा भूकम्प पछिको पुनर्निर्माणका विविध पक्षहरु र नेपाल इजरायल आपसी हित र सहयोगका विषयमा सौहादपूर्ण वातावरणमा छलफल सम्पन्न भयो । सो क्रममा इजरायलका राजदुत : Mayer ले भुकम्प प्रभावित क्षेत्रमा कृषि क्षेत्रको बिकासमा सहयोग गर्ने इच्छा व्यक्त गर्नुभयो । उहाँले भुकम्प प्रभावित जिल्लाका बासिन्दाको जिविकोपार्जन र क्षमता अभिवृद्धिका लागी सरकारसंग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो । राजदुत Mayer ले खास गरि भुकम्प प्रभावित क्षेत्रमा कृषि औद्योगिकरणको बिकास गर्न सकिने भन्दै सो क्षेत्रमा आफ्नो मुलुकले प्राप्त गरेको अनुभवलाई आदान प्रदान गर्न सकिने धारणा राख्नुभयो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले भुकम्प प्रभावित जिल्लामा निजी आवास पुनर्निर्माणको कामलाई प्राधिकरणले प्राथमिकताका साथ अघि बढाएको भन्दै त्यस क्षेत्रका जनताको जिविकोपार्जन र आर्थिक बिकासका लागी विभिन्न बिकास साझेदार संस्थासंग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority