English

प्रमुख कार्यकारी अधिकृतमा डा. पोखरेल नियुक्त

प्रकाशित मिति:२०७३-०९-२७

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द राज पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाई डा.पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले आजै पदबहाली गर्नु भएको छ ।

कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले अहिलेको फाउन्डेसनमा टेकेर पुनर्निर्माणलाई अघि बढाउने बताउनुभयो । आगामी वर्खा भन्दा अघि अधिकांश घर बनाउने माहोल बनाउनु पर्छ भन्दै प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले सम्पदा र जीविकोपार्जन लगायतका कार्यक्रमलाई पनि द्रुत गतिमा अघि बढाउने बताउनुभयो ।

'पुनर्निर्माणमा जनशक्ति परिचालन र निर्माण सामग्री  जनतासामु पुर्याउन चुनौती रहेको छ'- उहाँले भन्नभुयो ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
भिडियो
National Reconstruction Authority