English

भक्तपुरमा सम्पदा पुनर्निर्माण द्रुत गतिमा

प्रकाशित मिति:२०७३-०९-२७

भक्तपुरमा पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माण द्रुत गतिमा भइरहेको छ । सरकारी तथा गैरसरकारी संस्थाहरु र स्थानीय समुदायको समन्वयमा पुनर्निर्माण द्रुत गतिमा अघि बढेको हो ।

स्मारक संरक्षण कार्यालय भक्तपुरका अनुसार चाँगुनारायण, शिरु महादेव, सिद्धि लक्ष्मी, लामपाटी, राष्ट्रिय कला संग्राहलय, निलबाराही, धातुकला संग्राहलय लगायतको पुनर्निर्माण कार्य भइरहेको छ । यस्तै भक्तपुर दरबार क्षेत्रभित्र रहेका केदारनाथ, बद्रीनाथ, द्वारिकानाथ र जगन्नाथ मन्दिरको पुनर्निर्माण भइरहेको छ ।

स्मारक संरक्षण कार्यालय भक्तपुरका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले भूकम्पबाट क्षति भएका बाँकी सम्पदाहरुको पुनर्निर्माण पनि छिट्टै सुरु हुने बताउनुभयो ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
भिडियो
National Reconstruction Authority