English

६२ हजार घर पुनर्निर्माण

प्रकाशित मिति:२०७३-०९-२५

भूकम्पबाट क्षति भएका मध्ये अहिलेसम्म ६२ हजार १ सय ९० घर पुनर्निर्माण भएका छन् ।

केन्द्रीय तथ्यांक विभागले गरेको विस्तृत घरधुरी सर्वेक्षण र सर्वेक्षणले भूकम्प अति प्रभावित १४ जिल्लामा ४१ हजार ३ सय ११ घर पुनर्निर्माण भएको देखाएको छ । यस्तै सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार पुस २५ गतेसम्म भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११  जिल्लामा २० हजार ८ सय ७९ घरको पुनर्निर्माण जारी छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाईका एमआइएस विज्ञ आश्विन ढकालले पुनर्निर्माण भइरहेका घरहरुको तथ्यांकलाई अध्यावधिक गर्ने कार्य भइरहेको बताउनु भयो । "भूकम्प प्रभावित क्षेत्रका कतिपय ठाउँको तथ्यांक अध्यावधिक हुने क्रममा छ । त्यहाँको समेत अध्यावधिक हुँदा घर पुनर्निर्माणको संख्या धेरै बढ्छ"-ढकालको भनाई छ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
भिडियो
National Reconstruction Authority