English

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीद्वारा पुन: स्पष्टिकरण पेश

प्रकाशित मिति:२०७३-०९-२४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले सरकारलाई पुन:स्पष्टिकरण पेश गर्नु भएको छ ।

विभिन्न निकायहरुबीच समन्वय नभएको, पुनर्बास नभएको र भूकम्प पीडित परिवारलाई अनुदान वितरण नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पुस २१ को मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार पुन: स्पष्टिकरण माग गर्दै पुस २२ गते प्रमुख कार्यकारी अधिकृतलाई पत्र बुझाएको थियो ।

स्पष्टिकरण पेश गरेपछि पत्रकारसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुन: स्पष्टिकरणबाट सरकार सन्तुष्ट हुने र पुनर्निर्माणले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority