English

थप स्पष्ट पार्ने छु : प्रमुख कार्यकारी अधिकृत ज्ञवाली

प्रकाशित मिति:२०७३-०९-२२

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुन: स्पष्टिकरण सोधिएका विषयहरुमा थप स्पष्ट पार्ने बताउनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुन: स्पष्टिकरण सोधिएको पत्र बुझेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले  भन्नुभयो-"नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पुन: स्पष्टिकरण पेश गर्न भनी पत्र प्राप्त भएको छ । मैले यसअघिको स्पष्टिकरणमा उल्लेखित प्राधिकरणको समन्वयमा सम्बद्ध निकायहरुद्वारा विभिन्न प्रतिकूलता र चुनौतीहरुका बीच भए गरिएका कार्य प्रगति र नतिजाको वस्तुगत अवस्था तथा आधारहरुका साथै प्राप्त पत्रमा उल्लेखित विषयका सम्बन्धमा तोकिएको समयावधि भित्र थप स्पष्ट पार्ने छु ।"

पुनर्निर्माणका कार्यहरु सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुस १४ गते प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँग स्पष्टिकरण सोधेको थियो । उहाँले पुस २० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्पष्टिकरण बुझाउनु भएको थियो । विभिन्न निकायहरुबीच समन्वय गर्न नसकेको, पुनर्बासको व्यवस्था मिलाउन नसकेको र भूकम्प पीडितलाई अनुदान उपलब्ध गराउन नसकेको भन्दै पुस २२ गते सरकारले पुन: स्पष्टिकरण सोधेको थियो ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority