पुनर्निर्माण अपडेट

पुर्नजाँच र पुर्नसर्वेक्षणबाट १ लाख ३० हजार बढी तथ्याङ्क प्राप्त

प्रकाशित मिति: २०७४-८-५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पछिल्लो भूकम्प अति प्रभावित १४ जिल्लामा गरेको पुर्नजाँच तथा पुनःसर्वेक्षणबाट थप १ लाख २६ हजार ३ सय २६ घरधनीहरुको तथ्याङ्क प्राप्त भएको छ । 
कतिपय भूकम्प पीडितहरुले आफ्नो घरमा क्षति पुगेपनि लाभग्राही सूचिमा नपरेको भन्दै गुनासो गरेपछि प्राधिकरणले गत साउनमा ३ सय ३२ जना इन्जिनियरलाई सर्वेक्षणमा छुटेका तथा पुनःजाँच गर्नुपर्ने घरहरुको तथ्याङ्क संकलन गर्न खटाएको थियो । 
विभिन्न माध्यामबाट प्राप्त गुनासोका आधारमा वास्तविक भूकम्प पीडित लाभग्राही सूचिमा नछुटुन भनि प्राधिकरणले १ लाख ३० हजार धरधनी/घरपरिवारको पुर्नजाँच तथा पुनःसर्वेक्षण गर्न इन्जिनियरहरुलाई परिचालन गरेको थियो ।  
फिल्डमा खटिएका मध्ये अहिलेसम्म २ सय ५० इन्जिनियर फिर्ता भइसकेको र बाँकी इन्जिनियर फिर्ता हुँदाको समयसम्म करिब १ लाख ४० हजार घरधनी/घरपरिवारको लगत संकलन सम्पन्न हुने प्राधिकरणका सुचना व्यवस्थापन शाखा प्रमुख मनोहर घिमिरेले जानकारी दिनुभयो । 
घिमिरेका अनुसार सवै तथ्याङ्क प्राधिकरणको केन्द्रीय सर्भरमा प्राप्त भइसकेपछि अनुदान वितरण कार्यविधि अनुसार मापदण्ड पुगेका घरधनी/घरपरिवारलाई लाभग्राहीको सूचीमा समावेश गरिनेछ । 
फिल्डमा कार्यसम्पन्न गरी प्राधिकरणको जिल्ला समन्वय समितिको सचिवालयबाट प्रारम्भिक क्लीयरयन्स (Clearance)लिई फिर्ता भएका इन्जिनियरहरुलाई अन्तिम क्लीयरयन्स  (Clearance) दिने कार्य भइरहेको प्राधिकरणका तथ्याङ्क अधिकृत कुलप्रकाश न्यौपानेले बताउनुभयो । 
लाभग्राही भइरहेको सूचिमा समावेश भएपछि अनुदान सम्झौता गरि उक्त घरधनी/घरपरिवारले निजी आवास पुनर्निर्माणका लागि अनुदान प्राप्त गर्न सक्नेछ । क्षतिको मुल्याङक गर्दा प्रवलीकरणको सूचिमा पर्ने लाभग्राहीले घर प्रवलीकरणका लागि आवास अनुदान वापत १ लाख रुपैया प्राप्त गर्नेछ भने पुनर्निर्माण लाभग्राहीमा परे निजी आवास निर्माणका लागि ३ लाख रुपैया प्राप्त गर्नेछ । 

 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed