पुनर्निर्माण अपडेट

बनिसकेका र बन्दै गरेका घरको संख्या दुई लाख नाघ्यो

प्रकाशित मिति: २०७४-६-३०

भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन निजी घरहरुको संख्या दुई लाख नाघेको छ । 
निजी आवास पुनर्निर्माणको तथ्याङ्क अद्यावधिक गर्ने निकाय शहरी विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईको सोमबार दिउासो २ बजेसम्मको तथ्याङ्क अनुसार भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या दुई लाख एक हजार  ५ सय १९ पुगेको हो । 
तथ्यांकअनुसार निर्माण सम्पन्न भएका घरको संख्या ५८ हजार ६ सय ५६ छ भने निर्माणाधीन घरको संख्या १ लाख ४२ हजार ८ सय ६३ पुगेको छ । 
दशौ तिहार पर्वहरुका कारण केही जिल्लाका निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या प्राधिकरणको सुचना प्रणालीमा समाविष्ट हुन बााकी रहेका कारण यो तथ्याङ्क अझै बढ्ने छ । 
अहिलेसम्म प्राधिकरणको सुचना प्रणालीमा दर्ता भएको तथ्याङ्क अनुसार सिन्धुपाल्चोकमा सवैभन्दा धेरै १८ हजार ८ सय ७२ घर निर्माणाधीन अवस्थामा छन् भने ६ हजार १ सय ७५ घर निर्माण सम्पन्न भइसकेका छन् ।
जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न कतिपय घरको प्राविधिक निरीक्षण गरेर तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको र तिहारपछि उक्त तथ्याङ्क सुचना प्रणालीमा दर्ता भएपछि यो संख्यामा उल्लेखनीय बृद्धि हुने देखिन्छ । 

पुस मसान्तसम्म साढे ३ लाख
जिल्लास्थित प्राधिकरण कार्यालयहरु, जिल्ला कार्यान्वयन इकाइ र स्थलगत अध्ययनबाट आगामी पौष मसान्तसम्ममा निर्माण सम्पन्न र निर्माणधीन घरको संख्या ३ लाख ५० हजार पुग्ने देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि समय सिमा निर्धारण गरेपछि घर बन्ने प्रक्रिया तिव्र भएको हो । 
सम्माननीय प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको असार २८ गतेको बैठकले पहिलो किस्ता लिइसकेका लाभग्राहीले आगामी पौष समान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने समय तालिका निर्धारण गरेको छ ।
फोटो क्याप्सन हालै पुनर्निर्माण सम्पन्न सुनकोशी–६, खनियाडाँडास्थित आफ्नो घरअगाडि शान्ता सार्की

 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed